बिहीबार दिउँसो ललितपुरलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको पराकम्पन गएको छ । गत वैशाखको शक्तिशाली भूकम्पपछि पराकम्पन आउने क्रमकै निरन्तरतास्वरुप बिहीबार दिउँसो १ बजे ४ म्याग्निच्यूडको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत वैशाख १२ मा गएको शक्तिशाली भूकम्प यता ४ म्याग्निच्यूडभन्दा माथिका चार सय भन्दा बढी पराकम्पन गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
सोमबार यता दैनिकजसो पराकम्पन गइरहेको छ । बुधबार दोलखालाई केन्द्रबिन्दु बनाएर बिहान ५ः१५ मा ४.२ म्याग्निच्यूडको पराकम्पन गएको थियो भने मंगलबार साँझ ५ः४७ बजे दोलखालाई नै केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको पराकम्पन गएको थियो । इमेजखबरमा समाचार छ ।