इबोला भाइरस कम्तीमा पनि ९ महिनासम्म जिउँदो रहने

इबोला भाइरसबाट  एकपटक संक्रमित भइसकेको पुरुषको वीर्यमा यो भाइरस कम्तीमा पनि ९ महिनासम्म जिउँदो रहने बताइएको छ।
 
न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनको एक रिसर्चमा यो कुरा पत्ता लागेको विविसीमा उल्लेख छ। 
 
रिसर्चकाे रिपोर्ट अनुसार इबोेला भाइरस एकपटक संक्रमित भएकाहरुको ६ महिनापछि दुई तिहाइ र ९ महिनापछि  एक चौथाइ पुरुषहरुको वीर्यमा भाइरस पाइएको हो। यो रिसर्च इबोलाबाट संक्रमित भएर निको भएका करिब एक सयजनामा गरिएको बताइएको छ।
 
संक्रमित भएको ७ देखि ९ महिनाको वीच एक चौथाइ मानिसमा भाइरस जिउँदै रहेको पाइएको बताइएको छ तर यो बाँकी रहेको भाइरस संक्रामक छ या छैन भन्ने कुरा अझै पुष्टि नभएको पनि बताइएको छ।
 
न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनको अर्को रिसर्चको रिपोर्टकाअनुसार इबोलाबाट संक्रमित भएको पुरुषसँग छ महिनापछि असुरक्षित यौनसम्पर्क राख्दा भाइरस फैलिएको अर्को घटना सार्वजनिक भएको छ। यस्तो अवस्थाको मध्यनजर गर्दै चिकित्सकहरुले यस्ता पुरुषहरुले यौनसम्पर्क गर्दा कण्डमको प्रयोग गर्न सल्लाह दिएका छन्।
 
यो भन्दा अघि इबोलाको भाइरसको लक्षण सुरु भएको ८२ दिनसम्म भाइरस वीर्यमा जिउँदै पाइएको पनि बताइएको छ। सेतोपाटीमा समाचार छ ।