पाँच महिना अघि गएको विनाकारी महाभूकम्प पछि पटक पटक भूकम्पको धक्का महशुस भइरहेको छ । शनिबार बिहान रसुवा केन्द्रिविन्दु भएर भुकम्पको धक्का महशुस भएको छ ।
बिहान ९ः२८ मा ४.३ रेक्टरस्केलको पराकम्पन गएको हो । यसअघि असोज ३० गते राति ११ः४६ बजे दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस भएको थियो ।
गत बैशाख यता चार रेक्टर स्केलभन्दा माथिका ४ सय ५ पराकम्प गइसकेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । इमेजखबरमा समाचार छ ।