नाम : नन्दबहादुर पुन – पासाङ
जन्म : ०२२ कात्तिक ७ गते
जन्म स्थान : राङसी-९, रोल्पा
आमा : स्व. मनसरा पुन
बुवा : रामसुर पुन
छोरा बुहारीहरु : जितेन्द्र पुन/जुनमाया घर्ती र दिपेश पुन/सविना आले
नाति : न्यूटन पुन
जन्म र परिवार
नन्दकिशोर पुन पासाङ ले परिचित उहाँको वास्तविक नाम भने नन्दबहादुर पुन हो । पासाङ भने जनयुद्धले जन्माएको नाम हो । जनयुद्धको तयारी र सुरुआतको चरणमा लिफङबाट परिचित उहाँ पछि पासाङ बन्नुभएको हो । राङसी-९, रोल्पामा २०२२ कात्तिक ७ गते बुवा रामसुर र आमा मनसरा पुनको कोखबाट जन्मनु भएका उहाँ पाँच भाईमध्ये माइलो हो । उहाँका तीन दिदि बहिनी हुनुहुन्छ । किसान परिवारका रामसुरलाई छोराहरु पढाउन निकै मुस्किल थियो । एकातिर धेरै सन्तान अर्कोतिर गाउँका ठालुहरुले सम्पत्ति खोसिदिनु । त्यसका बाबजुद पनि सबै छोराहरुलाई अध्ययन गराउनुभयो । खोसिएको सम्पत्ति पनि प्यूठान अड्डाबाट मुद्दा जितेर फिर्ता लिनुभयो । पाँचै भाई छोरालाई रामसुरले त्यसबेला नै आईए भन्दा माथिको अध्ययन गराउनुभयो । ८२ वर्षीय मनसुर अझै पनि गाउँमा कृषिमा सक्रिय हुनुहुन्छ ।
पासाङको जेठा दाजु वीरबहादुर पुन ईन्जिनियर, साईलो भाई भीमप्रकाश पुन उच्च माविको प्राचार्य, काईलो भाई दिपक पुन शिक्षण पेशा छाडेर खेती किसानीमा हुनुहुन्छ । कान्छो भाई कमल भने अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुँदा ०५९ मा राज्यले मारिदियो । जनयुद्धमा उहाँकी श्रीमति हस्तामाली पुन स्थानीय पार्टी कमिटिमा रहेर काम गर्नुभयो । उहाँको जेठो छोरो जितेन्द्र र कान्छो छोरो दिपेश पनि सानै उमेरमा पढाई छाडेर बन्दुक बोकेर जनयुद्धमा सहभागी हुनुभयो ।
शिक्षा दिक्षा
पासाङ आठ वर्षको हुँदा स्कूल भर्ना हुनुभयो । प्रावि, जाखरबाट तीन कक्षा उत्तिर्ण गरेपछि तत्कालीन निमावि राङसीमा भर्ना हुनुभयो र त्यहींबाट २०३७ सालमा ७ कक्षा उत्तिर्ण गर्नुभयो । माध्यामिक तहको अध्ययन पुरा गर्न सदरमुकाम लिबाङस्थित बालकल्याण माविमा भर्ना हुनुभयो । तर विद्यार्थी संगठनमा आबद्ध भएर सक्रिय राजनीतिक गरेको आरोपमा विद्यालय प्रशासनबाट उहाँलाई अवरोध भयो । प्रहरीले वारेण्ट जारी ग-यो । स्कूल प्रशासनको स्कूल वा राजनीति छाड्नुपर्ने चेतावनीपछि २०३९ सालमा ९ कक्षा पढ्न थबाङ पुग्नुभयो । त्यहींबाट २०४२ मा एसएलसी उत्तिर्ण गर्नुभयो । २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भएर उच्च शिक्षा हाँसिल गर्नुभयो । औपचारिक शिक्षाबाहेक उहाँले सैन्य विज्ञान, राजनीतिक दर्शनको अध्ययन गर्नुभएको छ ।
विवाह
उहाँले कक्षा ९ मा पढ्दै गर्दा ०३९ मा जंकोट-१, माडिचौर निवासी हस्तमाली पुनसँग प्रेम विवाह गर्नुभयो ।
प्रारम्भिक विद्यार्थी राजनीति
२०३७ सालमा निमावि राङ्सीमा कक्षा ७ मा पढ्दा उहाँ अनेरास्ववियू छैटौंको ईकाई अध्यक्ष हुनुभयो । त्यहींबाट दोस्रो जिल्ला सम्मेलनको प्रतिनिधि भएर जानुभयो । प्रहरीले अवरोध गरेपछि दिनभर ओढारमा लुकेर फर्कनुभयो । लिबाङमा पढ्दा शिक्षक कृष्णबहादुर महराको प्रभावले राजनीतिमा सक्रिय हुन थप प्रेरित ग-यो । महराको सरल स्वभाव र पढाउने शैलीले उहाँलाई आकर्षित ग