दुईजना राज्यमन्त्री र दुईजना सहायकमन्त्री नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राप्रपा नेपालको तर्फबाट दुईजना राज्यमन्त्री र दुईजना सहायकमन्त्री नियुक्त गरेका छन् ।
कुन्तीकुमारी शाहीलाई स्थानीय विकास राज्यमन्त्रीमा र सोही मन्त्रालयको सहायकमन्त्रीमा विराज विष्टलाई नियुक्त गरिएको हो ।
यस्तै, भूमिसुधार राज्यमन्त्रीमा विक्रमबहादुर थापा र सहायकमन्त्रीमा दिनेश श्रेष्ठलाई नियुक्त गरिएको छ । योसँगै मन्त्रिपरिषदको सदस्य संख्या ३२ पुगेको छ ।
नवनियुक्त राज्य र सहायक मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले सोमबारै सिंहदरबारमा पद तथा गोपनीयताको सपथ गराएका छन् । इमेजखबरमा समाचार छ ।