एन्टिबायोटिक औषधि प्राणघातक, विश्वमा प्रत्येक ५ मिनेटमा १ बालकको मृत्यू हुने

एन्टिबायोटिक औषधिको उचित प्रयोगको अभावमा विश्वमा प्रत्येक ५ मिनेटमा १ बालकको मृत्यू हुने गरेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ ।
एन्टिवायोटिक औषधी जागरण सप्ताह २०१५ को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीमा आयोजना गरेको कार्यक्रममा आवश्यक्ता नभएका बिरामीहरुमा समेत एन्टिबायोटिक्स औषधिको प्रयोग चिन्ताजनक रुपमा बढ्दै गएको बताइएको हो ।
कार्यक्रममा बिभिन्न स्वास्थ्य सम्बन्ध निकायका प्रतिनिधीहरुले एन्टिवायोटिकको प्रयोग घातक बन्दै गएको भन्दै राष्ट्रिय औषधि नीतिमा सुधार गनुपर्नेमा जोड दिएका थिए ।
पशुपंक्षिको बृद्धि विकासमा बढ्दै गएको एन्टिबायोटिकको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले यसलाई निरुत्साहित गर्नुपर्ने उनीहरुको सुझाव थियो । इमेजखबरमा समाचार छ ।