सूचना-प्रविधि मेलाको अर्को संस्करण शुक्रबारदेखि काठमाडौंस्थित भृकुटीमन्डपमा सुरु भएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघले आयोजना गरेको ‘सुबिसु क्यान इन्फोटेक २०१६’ को शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।
विश्वमा सूचना तथा सन्चार-प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको क्यान महासंघले जनाएको छ ।
मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सूचना-प्रविधिको प्रयोग बढाउन सरकार तयार रहेको बताए ।
उनले राष्ट्रिय पुनःनिर्माणमा सूचना तथा प्रविधिको क्षेत्रमा काम गर्दै आएका संघ-संस्थालाई सहयोग गर्न पनि आग्रह गरे ।
मेलामा ब्रान्डिङ प्रदर्शनी कक्षहरुसहित सूचना-प्रविधिसम्बन्धी करिब २ सयओटा स्टल रहेको जनाइएको छ ।
प्रदर्शनीको ४ लाख बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । प्रदर्शनी आगामी माघ २० गतेसम्म चेल्ने छ । इमेजखबरमा समाचार छ ।