काठमाडौमा फेरि भूकम्पको ठूलो धक्का महसुस

काठमाडौमा धेरै महिनापछि फेरि भूकम्पको ठूलो धक्का महसुस भएको छ। सिन्धुपाल्चोक केन्द्र भएर राति १० बजेर ५ मिनेटमा ५.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि शुक्रवार राति १० बजेर ५ मिनेट जाँदा भूकम्पको ठूलो धक्का महसुस भएको हो। यो धक्का बैशाख १२ वरिपरि आएका भूकम्प पछिकै ठूलो हो। 
  
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित कास्की, बागलुङ लगायतथ पश्चिम क्षेत्रमा महसुस गरिएको छ।  मानिसहरु  घर बाहिर निस्किएका थिए। सेतोपाटीमा समाचार छ ।