मधेसी मोर्चाद्धारा आमहड्ताल, नाकाबन्दीसहितका विरोध कार्यक्रम स्थगित

अन्तत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आमहड्ताल, नाकाबन्दीसहितका विरोध कार्यक्रम स्थगित गरेको छ ।
मोर्चाको काठमाडौंमा सोमबार बसेको बैठकले  जनताको सुझावअनुसार  जारी आन्दोलन स्थगन गर्ने निर्णय गरेको जनाएको छ । 
वर्तमान अवस्थामा मुलुकका समस्या, जनताका आवश्यकता र जनताद्वारा प्राप्त सुझावहरुलाई ध्यानमा राख्दै जारी रहेको आन्दोलनका घोषित कार्यक्रमहरुमध्ये आम हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्दलाई मात्र तत्कालका लागि स्थगित गरी यसका अतिरिक्त आन्दोलनका अन्य कार्यक्रमहरु यथावतै नै रहिरहने छ, बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ।  
जारी विज्ञप्ती:

12717296 10206551614324175 6166138624780113159 n
12670138 10206551618724285 6174638704959358612 n