कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको मंगलबार बिहान निधन भएको छ । कोइरालाको निमोनियाका कारण मंगलबार बिहान १२ बजेर ५० मिनेटमा निधन भएको कोइरालाका स्वकीय सचिव अतुल कोइरालाले जानकारी दिए ।
दमसम्बन्धि क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज -सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको निधन भएको हो । 
निधनको खबरपछि राति नै काठमाडौंमा उपलब्ध नेताहरु कोइराला निवास महाराजगञ्ज पुगेका थिए ।
world news
यसैबीच कांग्रेसले महाधिवेशनको पूर्वसन्ध्यामा जारी निर्वाचन प्रक्रिया स्थगन गर्ने निर्णय गरेको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान १० बजे बस्ने आकस्मिक केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धि औपचारिक निर्णय गर्नेछ ।
Susil Koirala
अधिकांश नेताहरु महाधिवेशनका लागि काठमाडौं बाहिर छन् ।
Susil 2
अस्वस्थ्य भएपछि कोइराला सोमबार कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । काठमाडौं कांग्रेसको अधिवेशन उदघाटन, प्रधानमन्त्रीले बोलाएको पूर्वप्रधानमन्त्रीहरुको छलफलमा पनि जान सकेका थिएनन् ।  यसैबीच कांग्रेसले शोक विज्ञप्ती जारी गर्दै कोइरालाको आकस्मिक निधनबाट सिंगो देश, नेपाली जनता र पार्टीपंक्ति स्तब्ध र शोकमग्न भएको जनाएको छ । कान्तिपुरमा समाचार छ ।  
को हुन् कोइराला ?
 
विक्रम सम्बत सन् १९९६ साउन २८ गते पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा जन्मिएका कोइराला थिए। गत २०७० माघ २७ गते मुलुको ३७ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका कोइराला सरकारकै नेतृत्वमा गत असोज ३ गते नेपालको नयाँ संविधान २०७२ जारी भएको थियो। कोइराला विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई विक्रम सम्बत २०१० सालदेखि राजनीतिमा सक्रिय भएका थिए। 
 
२००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न भएका कोइराला ठाकुरराम  हाइस्कूल वीरगञ्जमा अध्ययनरत रहँदा नै राजनीतिमा सक्रिय भएर लागेका थिए। कोइराला कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवं नेपाली कांग्रेसका संस्थापक वी पी कोइराला लगायतका नेताहरुको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न भएका हुन् । 
 
२०११ सालमा पिताजी बोधप्रसाद कोइराला नवलपरासीको डि एफ ओ रहँदा भाइ अरुणसंगै पाल्पामा नेपाल छात्र संघको शाखा खोल्न कोइराला गएका थिए। ०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी कोइराला २०१४ सालमा  निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी समेत भएका थिए। २०१५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी भएका कोइराला २०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा.अरुण कोइराला सहित कलकत्ता प्रस्थान गएका थिए। 
 
राजा महेन्द्रको कोशी अञ्चल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील समेत भएका कोइराला २०१७ सालदेखि २०३७ सालसम्म भारतमा निर्वासित जिवन विताएका थिए। २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ परेका कोइराला ३ बर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा जीवन विताएका थिए। 
 
यसैगरी २०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि(बैशाख १गते) गिरिजाप्रसाद कोइरालासंगै आम माफी पाएका कोइराला २०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय थिए। उनी २०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी थिए भने २०४६ सालको जनआन्दोलनमा अग्रपडि.तमा सक्रिय । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला नेका नेता तारानाथ रानाभाटसंगै गिरफ्तार भएका थिए।
 
२०५९ असोज १८ गते तात्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय कोइराला २०६१ माघ १९ गते शाही ‘कु’भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्दमा परेपछि कांग्रेसको अगुवाईमा सञ्चालित ७ दलीय आन्दोलनमा सक्रिय भएका थिए। निरडकुश राजतन्त्रको विरुद्ध २०६२-६३ मा नेपाली कांग्रसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कोइराला प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा  नेपाल र भारत गरी ६ बर्षभन्दा बढी जेल जिवन विताएका थिए।
 
कांग्रेसको सदस्यता २०१२ सालमा लिएका कोइराला  तरुण पत्रिका, नेपाली कांग्रसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा सम्पादकको भूमिका समेत निभाएका थिए। पार्टी केन्द्रीय सदस्यः २०४५ साल मंसीर १३ देखि कांग्रेसको केन्द्रीय सदस्य भएका कोइराला २०४५।४६ (सन १९९० )मा विदेश विभाग प्रमुख भएका थिए। २०५३ सालमा भएको नबौँ महाधिवेशनबाट महामन्त्री भएका कोइराला २०५५ साल असोज २० गते उपसभापति भएका थिए।  एघारौं महाधिवेशन १३-१८ भाद्र, २०६२(संस्थापन) र पार्टी एकीकरण पछिको कार्यसमिति २०६४ कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका कोइराला बाह्रौ महाधिवेशन २०६७, १-५ असोजसम्म काठमाडौंमा भएको १२ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए। सेतोपाटीबाट