पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको गएराति साढे १२ बजे निधन भएको छ।
निधनपछि शोकमा डुबेको कांग्रेसले आसन्न केन्द्रीय महाधिवेशन स्थगित गरेको छ।
कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि ८ बजेसम्म महाराजगन्जस्थित कोइराला निवासमा राखिने, त्यसपछि १२ बजेसम्म सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने र त्यसपछि दशरथ रंगशालामा राखिने जानकारी नेता रामचन्द्र पौडेलले दिए।