भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उडान ढिला भएको बारे छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले छानविन समिति गठन गरेको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार बुधबार भारतको मुम्बईबाट काठमाडौं आएको नेपाल वायु सेवा निगमको आर ए २०१ फ्लाइट भिभिआइपी भन्ने सूचना भएपनि उडानमा ढिलाई भएको भन्दै मन्त्रालय निगमको उडान व्यवस्थापनमा लापरबाही भएको बताएको छ।
यस विषयमा छानविन गरी ७ दिन भित्र प्रतिवेदन सार्वजनि गर्न मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।
समितिलाई भिभिआइपी सेड्युलको फ्लाइट ढिला हुनको कारण, त्यसमा संलग्न जिम्मेवार पदाधिकारी, उडान ढिलाई हुनमा जिम्मवार व्यक्ति पत्ता लगाई त्यस्ता गैर जिम्मेवार कर्मचारीलाई गर्नुपर्ने कारबाही सिफारिस गर्न कार्यादेश दिइएको छ।
प्रधानमन्त्री ओली आएको आरए २०१ फ्लाइट बुधबार एक घण्टा ढिलो भएको थियो। सेतोपाटीमा समाचार छ ।