ह्वाट्सएपले ब्ल्याकबेरी र नोकिया डिभाइसहरुमा आफ्नो सेवा बन्द गर्ने

म्यासेजिङ सर्भिस एप ह्वाट्सएपले हालै आफ्नो ७ औँ वार्षिकोत्सव मनाएसँगै धेरै प्रयोगकर्तालाई बेखुसी बनाउने घोषणा गरेको छ।
 
ह्वाट्सएपले केही कम्पनीका अपरेटिङ सिस्टम भएका फोनमा आफ्नो सेवा चाँडै बन्द गर्ने बताएको छ। 
 
अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार ह्वाट्सएपले ब्ल्याकबेरी र नोकिया डिभाइसहरुमा आफ्नो सेवा बन्द गर्ने भएको हो।
 
यसमा करिब डेढ वर्षअघि ब्ल्याकबेरीका नयाँ फोनमा राखिएको ब्ल्याकबेरी ओएस १० पनि पर्नेछ। हुन त ब्ल्याकबेरीले आफ्नो एन्ड्रोइड फोन ल्याएसँगै यो ओएस बन्द गरेको पनि थियो। 
 
त्यस्तै बन्द हुनेमा नोकियाको एस४० र एस ६० सिम्बियन प्लेटफर्मका, एन्ड्रोइड २.२ भन्दा पुराना र विन्डोज ७.१ ओएस भएका फोनहरु पनि परेका छन्।
 
यी प्लेटफर्महरुमा सन् २०१७ सम्ममा ह्वाट्सएप बन्द हुने हुनाले कम्पनीले अरु आफ्नो फोन अपग्रेड गर्न वा अर्को म्यासेजिङ एपको विकल्प छान्न पनि सल्लाह दिएको छ। एजेन्सी, सेतोपाटीबाट