नेपाली कांग्रेसको १३ औं महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि तीन वटा समूहबीच प्रतिस्पर्धा

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि तीन वटा समूहबीच प्रतिस्पर्धा हुने भएको छ । संस्थापन पक्षबाट दुई र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबाट एक गरी तीनवटा प्यानलबीच प्रतिस्पर्धा हुने भएको हो ।
संस्थापन पक्षबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको प्यानलको आजै औपचारिक घोषणा हुने भएको छ । संस्थापन पक्षबाट सहमतिबाटै प्यानल घोषणा गर्ने भनिए पनि नेताहरुबीच सहमति जुट्न नसक्दा छुट्टाछुट्टै प्यानलसहितको उम्मेदवारी घोषणा गर्न लागिएको हो ।
वरिष्ठ नेता देउवा पक्षले भने शुक्रबारसम्म मात्रै प्यानल घोषणा गर्ने तयारी गरेको छ ।
पौडेल नेतृत्वको प्यानलको महामन्त्रीमा वीपी कोइरालाका पुत्र सशांक कोइरालाले उम्मेदवारी दिने तय भएको छ । सिटौला नेतृत्वको प्यानलको महामन्त्रीमा युवा नेता गगन थापा र देउवा नेतृत्वको प्यानलबाट अर्जुननरसिंह केसीले उम्मेदवारी दिने तय भएको छ । देउवा पक्षका उम्मेदवार केसी र सिटौला पक्षका उम्मेदवार थापा ससुरा-ज्वाईं हुन् ।
तीनै प्यानलमा कोषाध्यक्षको निर्णय भने भएको छैन । पौडेल नेतृत्वको प्यानलबाट कोषाध्यष्क्षमा पद्मनारायण चौधरी, सीतादेवी यादव र फरमुल्ला मन्सुरमध्ये एक जनालाई उम्मेदवार बनाइने भएको छ । त्यसैगरी सिटौला नेतृत्वको प्यानलबाट कोषाध्यक्षमा उमाकान्त चौधरीलाई ल्याउने सम्भावना रहेको छ भने वरिष्ठ नेता देउवाको प्यानलबाट कोषाध्यक्षमा बालकृष्ण खाँड, चित्रलेखा यादव, राधेचन्द्र यादव र पुष्पा भुसालमध्ये एक जनालाई ल्याउने तयारी भइरहेको बताइएको छ । – इमेजखबरमा समाचार छ ।