नेपाली कांग्रेसको काठमाडौंमा १३औं महाधिवेशन भव्य समारोहबीच उद्घाटन
फाल्गुन २० गते, २०७२ मा प्रकाशित
नेपाली कांग्रेसको १३औं महाधिवेशन विहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।
काठमाडौंको खुल्लामन्चमा भव्य समारोहकाबीच कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले पानसमा दीप प्रज्ज्वलन गरी महाधिवेशनको उद्घाटन गरे ।
सुशीलको नेतृत्वमा बनायौं संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान भन्ने मूल नाराकासाथ एक वर्ष ६ महिना ढिला गरी सुरु भएको महाधिवेशनको उद्घाटनसत्रमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलगायत विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न देशका प्रतिनिधिहरु सहभागी छन् ।
कांग्रेस महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले लिने नीति र कार्यक्रमसमेत टुंगो लगाउने छ ।
फागुन २३ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने महाधिवेशनको बन्दसत्र शुक्रबारदेखि भृकुटीमन्डपमा हुनेछ ।
संविधान कार्यान्वयन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम शुक्रबारै नै बन्दसत्रमा पेश हुने बताइएको छ ।
महाधिवेशनमा ३ हजार १ सय ७० जना प्रतिनिधि सहभागी छन् । इमेजखबरमा समाचार छ ।