यसै वर्षको अन्त्यसम्म जिका भाइरसविरुद्धको खोप तयार हुने

अमेरिकी वैज्ञानिकहरुले यसै वर्षको अन्त्यसम्म जिका भाइरसविरुद्धको खोप तयार हुने दावी गरेका छन् ।
यसअघि विश्व स्वास्थ्य संगठनले अमेरिकाका विभिन्न राज्यमा जिका भाइरस फैलन सक्ने भन्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको थियो । विश्वका २१ वटा राष्ट्रमा जिका भाइरसको संक्रमण देखापरेको जनाउँदै विश्व स्वास्थ्य संगठनले यसको रोकथामका लागि कुनै उपाय नभएको जनाएको थियो ।
यद्यपि अमेरिकी वैज्ञानिकहरुको एक टोलीले हालै अनुसन्धान गरी जिका भाइरसविरुद्धको खोप यसै वर्षको अन्त्यसम्ममा तयार हुने जनाएको हो । जिका भाइरसका कारण गर्भवती महिलाहरुमा हल्का ज्वरो आउने, आँखामा संक्रमण हुने र टाउको दुख्ने लक्षण देखा पर्नुका साथै नवजात शिशु सुस्त मनस्थितिको हुने गर्दछन् ।
जिका भाइरस सन् २०१५ को शुरुमा ब्राजिलमा देखा परेको हो । (एजेन्सी)