नेपाली कांग्रेसकाे सभापति पदका लागि दोस्रो चरणको चुनाव हुने, देउवा र पौडेलबीच पुन: प्रतिस्पर्धा

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा सभापतिका कुनै पनि प्रत्याशीले आवश्यक बहुमत नपाउँदा पुनः निर्वाचन हुने भएको छ। सभापतिका तीन प्रत्याशीमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि अधिक मत ल्याउने दुई जनाबीच दोस्रो चरणको निर्वाचन हुने भएको हो।
नेपाली कांग्रेसको सभापति पदको लागि दोस्रो चरणमा निर्वाचन हुने भएको छ। पहिलो चरणको निर्वाचनमा कुनै पनि उमेदवारले ५१ प्रतिशत मत ल्याउन सकेका छैनन्।
 
पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवाले १५ सय ६४ मत ल्याई पहिलो भए पनि ५१ प्रतिशत मत भने ल्याउन नसक्दा चुनाव दोस्रो चरणमा गएको हो।
 
त्यस्तै पहिलो चरणको निर्वाचनमा रामचन्द्र पौडेलले ११ सय ६० मत ल्याउँदै दोस्रो स्थानमा रहेको छन। त्यस्तै कृष्ण सिटौलाले ३ सय २४ मत ल्याउँदै पहिलो चरणकै निर्वाचनबाट बाहिरिएका छन। १०० मत बदर भएका छन्।
 
कांग्रेस विधानमा सभापतिमा विजयी हुनका लागि कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ। पहिलो चरणको निर्वाचनमा  तीनै उम्मेद्वारले ल्याएकाे मत ५१ प्रतिशत भन्दा कम हो। देउवालाई भने ५१ प्रतिशत मतको लागि ११ मत कम भएको छ। अब पुनः दोस्रो चरणको निर्वाचन  देउवा र पौडेलबीच प्रतिस्पर्धा हुने छ। सेतोपाटीमा समाचार छ । 





नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेतृत्वका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् ।
प्रतिस्पर्धामा अगाडि रहेका शेरबहादुर देउवको ११ मत नपुगेपछि निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ । पुनर्निर्वाचनमा देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुनेछ ।
तेस्रो स्थानमा रहेका महामन्त्री कृष्णप्रसाद सिटौला भने बाहिरिएका छन् ।

नेपाली कांग्रेसको सभापति बन्न वरिष्ठ नेता शेरबहादुर देउवा ११ मतले चुकेका छन् । अब दोस्रो चरणको चुनाव हुनेछ र देउवा र उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुनेछ ।
जारी मतगणनामा शेरबहादुर देउवाले झण्डै तीन सय मतको अग्रता लिएका छन् ।
राष्ट्रिय सभागृहमा ३ ठाउँमा गणना भइरहेको छ । आइतबार भएको मतदानमा चुनावमा ३ हजार १४८ मत खसेको छ ।

नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले अहिलेसम्म गणना भएकाे मतमा  ५१ प्रतिशत भन्दा बढी मत पाएका छा्। गणना भएको ८ सय ७७ मध्ये देउवालाई ४ सय ४८  मत प्राप्त भएको छ। यो मत गणना भएका मध्येको ५१ प्रतिशत भन्दा बढी हो। त्यस्तै रामचन्द्र पौडेल ३ सय ३७ मत पाउँदै दोस्रो स्थानमा रहेको छन्।  सभापतिका  अर्का  प्रत्यासी कृष्णप्रसाद सिटौला ९२ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसकाे १३ औं महाधिवेशनमा  सभापति पदको मत गणना सुरु भएको छ। 
 
का‌ंग्रेस निवाचन समितिले दुई समूह बनाई मत गणना सुरु गरेको हाे। 
 
यसअघि राति १० बजेदेखि मत गणना सुरु  हुने भनिएपनि मनोनित महाधिवेशन प्रतिनिधिलाई मताधिकार दिने विषयमा विवाद भएपछि मतगणना सुरु हुन सकेको थिएन। 
 
नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट सभापति चुनिनका लागि १५ सय ७५ मत ल्याउनु पर्ने भएको छ। आज विहान १० बजेदेखि सूरु भएको मतदानमा ३१ सय ६१ महाधिवेशन प्रतिनिधि मध्ये ३१ सय ४८ प्रतिनिधिले सभापति पदका लागि मतदान गरेका थिए।
 
कांग्रेसको विधान अनुसार सभापतिमा विजयी हुनका लागि उम्मेद्वारले कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनु पर्छ। यदि कुनै पनि उम्मेद्वारले कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त नगरेको खण्डका पुनः निर्वाचन हुनेछ। दोस्रो चरणको निर्वाचनमा भने पहिलो र दोस्रो हुने उम्मेद्वारमात्र भाग लिने पाउने छन। 
 
का‌ंग्रेस १३औं महाधिवेशनमा सभापति पदकालागि चुनावी मैदानमा रामचन्द्र पौडेल, शेरबहहदुर देउवा र कृष्णप्रसाद सिटौला रहेका थिए।