LIVE UPDATE:
शेरबहादुर देउवा भारी मतले विजयी
दोस्रो चरणमा सोमबार भएको मतदानमा देउवाले १८२२मत प्राप्त गरे। पौडेलले १२९६ मत प्राप्त गरेका छन्। कुल खसेको ३१२० मतमध्ये देउवाले उक्त मत प्राप्त गरे। २ मत बदर भएको थियो। दोस्रो चरणको निर्वाचनमा देउवाले भारी मत ल्याएका छन्।
शेरबहादुर देउवा-१६४० रामचन्द्र पौडेल–११४०
१९०० मत गन्दा शेरबहादुर देउवा-१०६२, रामचन्द्र पौडेल– ७९६
शेरबहादुर देउवा-१००७ रामचन्द्र पौडेल- ६८२
देउवा-७९४, पौडेल- ५९७
१३०१ मत गन्दा देउवा-७३२, पौडेल-५६०
९०० मत गन्दा देउवा- ५१७, पौडेल- ३७४
नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति पदको दोस्रो चरणको मतगणना सुरू भएको छ। महाधिवेशन प्रतिनिधि ३१ सय ६१ भएपनि सभापति पदको दोस्रो चरणको निर्वाचनमा ३१ सय २० मत मात्र खसेको छ। यो मत संख्या पहिलो चरणको भन्दा २८ मतले कमी हो। पहिलो चरणको मतदानमा सभापति पदका लागि ३१ सय ४८ प्रतिनिधिले मत खसालेका थिए।
दोस्रो चरणको मतदानमा सभापति पदका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल चुनावी मैदानमा छन्।
पहिलो चरणमा चुनावी मैदानमा रहेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला मध्ये कुनै पनि उमेद्वारले कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न सकेनन्। कुनै पनि उमेदारले ५१ प्रतिशत मत प्राप्त हुन नसकेपछि कांग्रसे निर्वाचन समितिले पुनः आज सोमबार दिउँसो २ बजेबाट निर्वाचनको मतदान सुरु गरेको थियो। २ वजे सुरू भएको मतदान साँझा ७ वजे सम्पन भएको हो।
पहिलो चरणको निर्वाचनमा देउवाले १५ सय ६४ मत पाएको थिए। उनले पाएको यो मत ५१ प्रतिशत भन्दा मात्र ११ मतले कमी हो। त्यस्तै पौडेलले ११ सय ६० र सिटौलाले ३ सय २४ मत पाउँदै दोस्रो र तेस्रो स्थानमा रहेका थिए। त्यस्तै पहिलो चरणमा १ सय मत बदर भएको थियो।
अब दोस्रो चरणको निर्वाचनमा भने जुन उमेद्वारले बढी मत पाउँछन् उही उम्मेदार १३ औं महाधिवेशनबाट ४ वर्षका लागि सभापति पदमा रहने छन। ४ वर्षको समयमा भएपनि १ वर्ष विशेष अवधि सहित ५ वर्ष भित्रमा १४ औं महाधिवेशन हुने छ। सेतोपाटीमा समाचार छ ।
नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले अहिलेसम्मको गणना ७४ मतले अग्रता लिएका छन्।
अहिलेसम्मको मत गणनामा देउवाले २८५ मत प्राप्त गरी अग्रता लिएका छन। त्यस्तै रामचन्द्र पौडेल २११ मत पाउँदै दोस्रो स्थानमा रहेको छन्।