नेपाली कांग्रेसको १३ महाधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनबाट महामन्त्री पदमा शशांक कोइराला विजयी भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिएको मतगणनामा शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्।
उनी १३४७ मत पाएर १४० मत गणना गर्न बाँकी छँदै विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीले ९८३ मत पाएका छन्।
मेडिकल डाक्टर उनी नवलपरासी १ का सांसद हुन्।
लोकतान्त्रिक पद्धतिद्वारा कांग्रेस पदाधिकारीमा चयन भएका शशांक कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका पुत्र हुन्। वीपीकै विचारलाई आधार मानेर नेपाली कांग्रेस अघि बढेको दाबी नेताहरु गर्छन्।
कृष्ण सिटौला प्यानलबाट महामन्त्री पदमा प्रत्यासी बनेका गगनकुमार थापाले ५३७ मतमा चित्त बुझाउनु पर्यो ।
आइतबार राष्ट्रिय सभा गृहमा भएको निर्वाचनमा कूल खसको ३ हजार १४८ मत खसेको थियो।
दोस्रो चरणको निर्वाचनमबाट सभापति चयन गरिसकेपछि आज बिहान १:३० बजेदेखि महामन्त्री तथा कोषाध्यक्षको मतगणना सुरु गरिएको थियो।
सोमबार भएको दोस्रो चरणको निर्वाचनबाट शेरबहादुर देउवा कांग्रेस सभापति पदमा निर्वाचित भएका थिए। नागरिकन्युजमा समाचार छ ।
काग्रेसको आगामी नेतृत्वका लागि कोषाध्यक्ष पदमा सीतादेवी यादव विजयी
नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा कोषाध्यक्ष पदमा सीतादेवी यादब विजयी भएकी छन्। रामचन्द्र पौडेल प्यानलबाट उम्मेदवार बनेकी सीतादेवी यादब र शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार भएकी चित्रलेखा यादबबीच चर्को प्रतिस्पर्धाबाट सीतादेवी विजयी भएकी हुन्।
रामचन्द्र पाैडेल प्यानलबाट उम्मेदवार बनेकी उनले ११८० मत पाइन्। शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेकी चित्रलेखा यादबले सीतादेवीलाई मत गणनाको अन्तिम समयसम्म पनि टक्कर दिएकी थिइन्।
२१ सय मत गणना गर्दा देउवा प्यानलकी चित्रलेखालाई सीतादेवीले ५ मत अन्तरले पछाडि पारेकी थिइन्। त्यो भन्दा अगाडि चित्रलेखाले अग्रता लिएकी थिइन्। सुरुवाती अग्रता सीतादेवीका नाममै थियो।
आइतबार राष्ट्रिय सभा गृहमा भएको निर्वाचनमा कूल खसको ३ हजार १४८ मत खसेको थियो।
दोस्रो चरणको निर्वाचनमबाट सभापति चयन गरिसकेपछि आज बिहान १:३० बजेदेखि महामन्त्री तथा कोषाध्यक्षको मतगणना सुरु गरिएको थियो।
सोमबार भएको दोस्रो चरणको निर्वाचनबाट शेरबहादुर देउवा कांग्रेस सभापति पदमा निर्वाचित भएका थिए।
महामन्त्रीमा कोइराला जित नजिक, २७ सय गन्दा ३२४ले अगाडि
कोइराला: १२१०, केसी: ८८६,थापा: ४७७
कोषाध्यक्षमा कडा प्रतिश्पर्धा- सितादेवि १४ भोटले अगाडि
सितादेवि यादव- ८९९, चित्रलेखा यादव -८८५, उमाकान्त चौधरी- ३३२ र कृष्ण कार्की-५०
नेपाली कांग्रेसको महामन्त्री पदमा शशांक कोइरालाको अग्रता कायमै छ। २४ सय मत गन्दा कोइराला झन्डै ३ सय मतले अगाडि छन्। कोइरालाको १०७५ यस्तै अर्जुननरसिंह केसीको ७८५ र गगन थापा ४३७ मत आएको छ।