प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।
बुधबार झापाको भद्रपुरमा जिल्ला विकास समितिको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले १६ बुँदे सहमतिअनुसार नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुने जिकिर गरे ।
संविधान जारी भएपछि उत्पन्न राजनीतिक संकटको व्यवस्थापन भइसकेको भन्दै उनले अब विकास योजनालाई प्राथमिकतामा राखेर सरकार अघि बढ्ने बताए ।
तराईको विकासका लागि मधेसी दललाई आफ्नो योजना ल्याउन आग्रह गर्दै ओलीले