विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं तेस्रो नम्बरमा

वर्ष २०१६ का लागि विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं तेस्रो नम्बरमा परेको छ। प्रदुषण सूचांक २०१६ का अनुसार विश्वकै प्रदुषित शहर म्यासेडोनियाको टेटोभो शहर हो भने दोस्रो नम्बरमा इजिप्टको कायरो परेको छ।
नेपालको काठमाडौं तेस्रो नम्बरमा परेको हो। चौथोमा घानाको आक्रा, पाँचौमा फिलिपिन्सको मनिला, छैठौँमा भारतको नोयडा, सातौँमा चीनको गोन्जाउ, आठौंमा भारतको दिल्ली, नवौँमा भियतनामको हो चि मीन सिटी र दशौँमा इजिप्टको अलेक्जेन्ड्रिया परेको छ।