सरकारले कुनै अध्यादेश ल्याउने तयारी नगरेको प्रधानमन्त्री ओलीको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै अध्यादेश ल्याउने तयारी नगरेको बताएका छन् ।
अध्यादेश ल्याएर सरकारले न्यायाधीशहरु नियुक्त गर्ने हल्ला चलिरहेका बेला प्रधानमन्त्री ओलीले कुनै अध्यादेश ल्याउने तयारी नभएको बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघको शनिबार ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले कांग्रेससँग परामर्श नगरी अध्यादेश नल्याइने भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले कालोबजारी र भष्ट्राचार बढेको आफूलाई पनि अनुभूति भएको भन्दै त्यसको नियन्त्रणका लागि अब कडाइकासाथ लाग्ने बताए ।
उनले भूकम्पबाट भत्किएका जनताका घरको निर्माण वर्षायामअघि सक्न पनि गाह्रो हुने देखिएको बताए ।
साधन