प्रधानमन्त्री ओलीले देश बनाउन दलहरुले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुको विकल्प नरहेको उल्लेख

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अहिलेको अवस्थामा दलहरुले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन एवं संविधान कार्यान्वयनको चुनौती सामना गर्न पनि दलहरु एक ठाउँ उभिन आवश्यक रहेको बताए ।
उनले मधेसी मोर्चासँग सरकार वार्ता र संवादबाट समस्या समाधान गर्न तयार रहेको जनाए ।
प्रधानमन्त्री ओलीले सरकारले जनताले सम्झनालायक बजेट ल्याउने तयारी गरिरहेको पनि बताए । इमेजखबरमा समाचार छ ।