एकीकृत नेकपा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेको छ ।
दाहाल निवास लाजिम्पाटमा बुधबार बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहालको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, मधेसी दललगायत सबै दललाई एकीकृत माओवादी नेतृत्वमा गठन हुने सहमतिको सरकारमा सहभागी हुन अपीलसमेत गरेको छ ।
बैठकपछि एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एमाले नेतृत्वको सरकारले संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, र पुनर्निर्माणलगायतका विषयमा ठोस काम गर्न नसकेकाले दाहालको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले राष्ट्रिय स्वाधिनता, संविधानको कार्यान्वयन, पुनर्निर्माणलगायतका विषयमा केपी ओली नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको ठहर गरेको छ । उपाध्यक्ष श्रेष्ठले नेपाली कांग्रेसले एकीकृत माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको जानकारी दिँदै यसमा अन्य दलहरुलाई पनि आग्रह गरिएको बताए ।
बैठकपछि अध्यक्ष दाहालले विज्ञप्ति जारी गरी सबै दललाई आफ्नो नेतृत्वमा गठन गरिने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन अपील गरेका छन् । इमेजखबरमा समाचार छ ।
प्रचण्डद्धारा प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्न आग्रह
एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले पार्टीले गरेको निर्णयबारे ओलीलाई अवगत गराएका थिए।
सत्तारुढ ठूलो दलका प्रमुख समेत रहेका प्रचण्ड सरकार परिवर्तन गर्ने विषयमा पार्टीले औपचारिक निर्णय गरेलगत्तै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई भेट्न वालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री र प्रचण्डबीच भएको भेटवार्तामा प्रचण्डले भने, अबको आवश्यकता भनेको राष्ट्रिय सरकार हो त्यसका लागि आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने र त्यसका लागि एमालेले सहयोग गर्नुपर्छ, एमाओवादी निकट स्रोतले सेतोपाटीलाई बतायो।
बुधबार बिहानमात्र एकीकृत माओवादीले प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने औपचारिक निर्णय गरेको हो।
प्रचण्डको प्रस्तावबारे प्रधानमन्त्रीले पार्टीको बैठकबाट निर्णय लिने बताए।
कांग्रेसको आग्रहमा माओवादी सरकार गठनका लागि अघि बढेपछि बुधबार बिहान बसेको एमाले स्थायी कमिटि बैठकले समेत ओली नेतृत्वकै सरकारलाई राष्ट्रिय स्वरुप दिनुपर्ने निर्णय गरेको छ । सेतोपाटीमा समाचार छ ।
सरकारलाई गरेकाे समर्थन फिर्ता
एकीकृत माओवादी स्थायी समितिको आकस्मिक बैठक अपराह्न ४ बजे लाजिम्पाटमा बस्ने भएको छ । आज बिहान पार्टी पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि विकसित घटनाक्रम समीक्षा गरिने पार्टी स्रोतले बताएको छ । बैठकमा सरकारलाई गरेकाे समर्थन फिर्ता लिने बारे निर्णय हुने सम्भावना रहेको स्रोतले जानकारी दियो ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आज दिनभरि सत्ता नेतृत्व सम्हालेको एमालेको रेस्पोन्स पर्खने, त्यसपछि बैठकबाट आवश्यक निर्णय लिइने