कांग्रेसका मुख्य सचिव तिवारीको राजिनामा

काठमाडौं, वैशाख २५ – नेपाली कांग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले राजिनामा दिनुभएको छ । उहाँलाई दुई वर्षअघि तत्कालिन पार्टी सभापति सुशील कोइरालाले पार्टीको मुख्य सचिव नियुक्त गर्नुभएको थियो ।
तिवारीले शनिबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर राजिनामा बुझाउनुभएको हो । अहिले कांग्रेसको सभापति शेरबहादुर देउवा हुनुहुन्छ । देउवाले नयाँ मुख्य सचिव चाँडै नै नियुक्त गर्ने तयारी गरिरहनु भएको छ ।