प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आलोचनाबाट सरकार नअत्तालिने बताएका छन्।
पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाको स्मृतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काँग्रेसले विरोध गर्ने ठाउँ फेला नपारेर सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेको भन्दै आलोचनाबाट आफू नअत्तालिने बताएका हुन्।
उनले लोकतन्त्रमा विपक्षी पार्टीबाट सरकारी कार्यक्रमको विरोध हुनुलाई आफूले अस्वभाविक रुपमा नलिएको भन्दै सरकार विपक्षी दलको विरोधमा अल्झिएर समय खेर फाल्ने पक्षमा नरहेको बताए।
प्रधानमन्त्री ओलीले विपक्षी पार्टीको आलोचनाबाट सरकार उत्तेजना र आवेगमा नआउने पनि बताए।
कार्यक्रममा प्रधानमन्त्री ओली र राप्रपाका नेताहरुले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।
पूर्वप्रधानमन्त्री थापाको गत वर्षको वैशाख २ गते निधन भएको थियो । सेतोपाटीमा समाचार छ ।