प्रधानमन्त्री ओलीद्वारा सिंहदरबार घेर्न आएका मधेसी नेताहरुलाई सरकारले केही समयमात्रै धैर्य राख्नसक्ने चेतावनी
जेष्ठ ३ गते, २०७३ मा प्रकाशित
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार घेर्न आएका मधेसी नेताहरुलाई सरकारले केही समयमात्रै धैर्य राख्नसक्ने चेतावनी दिएका छन् ।
२३औं मदन-आश्रित स्मृति दिवसको अवसरमा सोमबार राजधानीको नाचघरमा आयोजित कार्यक्रममा उनले मधेसी मोर्चासहितको संघीय गठबन्धनको आन्दोलनलाई हिंसात्मक बनाउने प्रयास भैरहेको दाबी गर्दै सरकारले सधैं यस्तो तमासा चल्न दिँदैन- भने ।
मधेसी जनताले मधेसमा छिर्न नदिएपनि उनीहरु काठमाडौं पसेको प्रधानमन्त्रीको जिकिर थियो ।
संविधान पुनर्लेखनको माग गर्दै राजधानीकेन्द्रित आन्दोलन गरिरहेकाहरुलाई उनले पुनर्लेखन कुनै हालतमा सम्भव नहुने पनि स्पस्ट पारे ।
कार्यक्रममा रक्षामन्त्री भीम रावल र एमाले नेता प्रदीप ज्ञावलीले कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीको योगदानको चर्चा गरेका थिए । – इमेजखबरमा समाचार छ ।