गर्मिमा शितलता/चिसोपना र चिसो पानी बनाउने तरिकाहरु

पदम प्रसाद पौडेल
गर्मी महिना छ, चिसोपना/शितलता सबैलाई मन पर्छ र खोज्छन पनि तर खासै कसैलाई थाहा छैन कि चिसोपना कसरी प्राप्त गर्ने तथा पानीलाई कसरी चिसो पार्ने भन्ने बारे। यहा मैले पानीलाई चिसो बनाउने तथा चिसोपना कसरी प्राप्त गर्ने भन्ने बारे केहि तरिकाहरु सिकाउन गइरहेको छु।
संसारमा अहिलेसम्म विकसित भएका चिस्याउने प्रविधिहरु ५ तरिकाका छन्।
ती हुन्।
१). द्विधातु जडान प्रक्रिया (Bimetallic junction method- thermocouple) पेल्टियर प्रभाव (peltier effect)
२). अवस्था परिवर्तन गर्ने ताप प्रक्रिया (latent heat system)
  क). नउमालिकन गरिने वाष्पिकरण (Evaporation)
  ख). पगाल्ने तथा घुलाउने तरिका (Fusionative method)
३). ग्यासहरुलाई चाप दिने प्रक्रिया (Refrigerent compression method)
४). तापशोषक प्रतिक्रिया (indothermic reactions)
५). जमिन मुनीको पानीको प्रयोग।
१. द्विधातु जडान प्रक्रिया (Bimetallic junction method- thermocouple) पेल्टियर प्रभाव (peltier effect)
विद्युतिय ताप श्रेणीमा पर्ने कुनै दुइ धातुहरुलाई लिएर तिनीहरुका दुइ छेउहरुलाई जोडेर तिनीहरुमा विद्युत प्रवाह गर्ने हो भने ती दुई छेउहरु मध्ये कुनै एक छेउ तात्न थाल्छ भने अर्को छेउ चिसिन थाल्दछ। यही नै पेल्टियर ले दिइएको तरिका हो। यसमा आधारित रहेका धेरै बरफ फेक्ट्री, कोल्ड स्टोर, एसी हल, फ्रिज … पनि विकसित भएका छन्। यसलाई उल्टो तरिकाले प्रयोग गर्दा यसबाट बिजुली पनि निकाल्न पनि सकिन्छ॥ यसका लागी विद्युत, महङ्गा सामान, सिपयुक्त प्राविधिक आवश्यक पर्ने हुदा साधारण नेपालीहरुका लागी खासै प्रभावकारी छैन।
२. अवस्था परिवर्तन गर्ने ताप प्रक्रिया (latent heat system)
Latent heat भनेको कुनै पदार्थको अवस्था परिवर्तन गर्नका लागी चाहिने ताप हो। जस्तै 0 डिग्री सेल्सियसको एक ग्राम बरफलाई पगालेर 0डिग्री सेल्सियस कै पानी बनाउन 80 क्यालोरी ताप चाहिन्छ। त्यस्तै गरी 100 डिग्री सेल्सियसको पानीलाई उमालेर 100 डिग्री सेल्सियस कै बाफ बनाउन 540 क्यालोरी तापको आवश्यकता पर्दछ।
 Evaporation भनेको एक प्रकारको बाष्पिकरण (vapourization) हो, जसमा हामीले तरललाई यसको उम्लने तापक्रमसम्म नतताइकनै बाफमा परिणत गर्न सकिन्छ। जस्तै 30डिग्री सेल्सियस को एक ग्राम पानीले 540 क्यालोरी ताप पाएमा  30 डिग्री सेल्सियस कै बाफमा परिणत हुन्छ।
 यसै गरी चिनीलाई पानीमा घुलाउदा ठोसबाट तरल बन्न चाहिने ताप पानीबाट चिनीले लिन्छ र घुल्छ। तब पानीको तापक्रम घट्न जान्छ। यही सिद्धांतबाट निम्नानुसार तरिकाले चिसोपना प्राप्त गर्न सकिन्छ।
क). Evaporative method
अ. गर्मीमा हामीलाई पसिना आउछ। तरल पसिनालाई बाफ बनाएर उडाउनका लागी पसिनाले हाम्रो शरीरबाट आफूलाई चाहिने latent heat लिन्छ र बाफ बनेर उडेर जान्छ तब हामीले चिसोपना प्राप्त गर्न सकिन्छ। पसिना हाम्रो शरीबाट उड्ने दरलाई हावाको चाल, सापेक्षिक आद्रता र सतही क्षेत्रफलले प्रभाव पार्छ।
 त्यसैले पङ्खा मुनी, हावा चलेको ठाउ तथा छहारी मुनी बस्दा शितलता महसुस हुन्छ।
आ. पानी चिसो बनाउनका लागी तपाईले एउटा बाटामा पानी राखेर पङ्खामुनी तथा हावा चल्ने ठाउमा करिब १० मिनेट राख्नुभएमा करीब 5 डिग्री सेल्सियस ले पानीको तापक्रम घट्छ।
इ. यसैगरी धेरै साना प्वाल भएको भाडा जस्तै माटोका भाडामा राखिएको पानी पनि चिसो हुन्छ। यसलाई अझ हावा चल्ने ठाउमा राखियो भने अझ चाडो चिस्याउन सकिन्छ। यस बिधीबाट करीब 10 डिग्री सेल्सियसले पानीको तापक्रम घटाउन सकिन्छ।
ई. भिजेका जुट, कपास, सुतीको कपडाले कुनै पनि पानीराखेको भाडोलाई चारैतिरबाट छोपेर हावा चल्ने ठाउमा राखेमा यसबाट पनि पानी चिसो बनाउन सकिन्छ।
उ. तपाई यस पद्धतिबाट कोठा चिस्याउन चाहनुहुन्छ भने आफ्नो कोठाका भित्ताहरुमा धेरै साना प्वालहरु भएको धाराको टुटीबाट पानी स्प्रे गर्न सक्नुहुन्छ। यसबाट कोठालाई करिब 8डिग्री सेल्सियसले चिस्याउन सकिन्छ र एकचोटी चिस्याएको कोठा करिब ३ घण्टासम्म चिसै रहन्छ।
ऊ. तपाईले नया बनाईका भवन/घरहरु पनि यही सिद्धांतका कारण धेरै नै शितल भेट्नुहुन्छ।
ख). Fusionative method
कुनै पनि ठोसलाई पगाल्न, घुलाउन ताप (latent heat of fusion) चाहिन्छ। त्यसैले कुनै पनि घुलित ठोसलाई पानीमा घुलाउदा पानी चिसो हुन्छ।
त्यसैले सर्वत पानी, गुल्कोज पानी आदी बनाउदा पानी चिसो हुन्छ।
३. By refrigerent compression method
कुनै पनि ग्यास जस्तै एमोनिया, मिथेन, इथेन, … आदीलाई चाप दिएमा तिनीहरुको तापक्रम बाहीरी बाताबरणको भन्दा बढी हुन जान्छ त्यसैले त्यो चाप दिएको ग्यास चिसीएर वातावरणको बराबर आउछ। यदी त्यो चाप दिइएको ग्यासलाई फैलन दिएमा यसले वरपरको वातावरणबाट ताप शोषेर लिन थाल्छ। यो सिद्धांतबाट आवश्यकता अनुसार हरेक कुरा चिस्याउन सकिन्छ। यस सिद्धांतको प्रयोग आधुनीक फ्रिज, कोल्ड स्टोर, एसि हल लगायत जताततै नै गरीन्छ। यो महङ्गो भएकाले साधारणले प्रयोग गर्न सक्दैनन्।
यही सिद्धांतले गर्दा परफ्युमको बाट्टबाट परफ्युम निक्लदा चिसो हुन्छ।
४. तापशोषक रासायनिक प्रक्रिया
बिभिन्न तापसोषक प्रक्रिया जस्तै प्रकाश सश्लेशण,  एसिड +  सोडियमबाई कार्वोनेट, पानी+एमोनियम नाइट्रेट, पानी+पोटासियम क्लोराइट आदी प्रतिक्रियालाई पनि चिस्याउने काममा प्रयोग गर्न सकिन्छ।
५. जमिन मुनीको पानीको प्रयोग
गर्मि महिनामा सतहको तापक्रम भन्दा जमिनमुनी(३०मिटरसम्म) को तापक्रम कम हुने हुनाले जमिनमुनीको पानी चिसो हुने गर्छ।
* माटोको घर, डबलभित्ता लगाइएको घर, बल्कको इटाबाट बनाइएका घर, थर्मस, इन्सुलेजर, आदीले चिसोपना बनाउने हैन की ताप प्रसारण गर्ने काम धेरै सुस्त गर्ने हुन। त्यसैले यसरी चिस्याएको पानी यिनैमा सङ्कलन गर्न सकिन्छ।
*पसिना धेरै ल्याउन, शरीरलाई जलवियोजनबाट बचाउनका लागी पानी तथा वेभरेज धेरै पिउने, पानी धेरै भएका पदार्थ खर्वुजा जस्ता फलफूल खाने गर्नुपर्छ।
*हलुका सेतो लुगा लागाएमा ,छाताको प्रयोग गरेमा घामबाट बच्न पनि सकिन्छ।
*माथी बताईए अनुसार शितलता प्रात गर्ने स्रोत बनाई यसबारे सबैलाई सिकाऔ।
@लेखक:- पदम प्रसाद पौडेल
{कपिलबस्तु, हाल धरान}
स्रोत :- अध्ययन, अनुभव र अनुसन्धान (३अ) बाट