नेकपा माओवादी विप्लव समूहका नेता तथा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य पदम विश्वकर्माले पार्टी परित्याग गरेका छन् ।
पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि ब्यक्त गर्दै नेता विश्वकर्माले शुक्रबारदेखि पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले पार्टी नेतृत्वलाई सम्बोधन गरेर बुझाएको राजीनामा पत्रमा विप्लव माओवादी चरम संकिर्णतावाद, गुटवाद, अर्थवाद, छद्म अवसरवाद र अलगाववादी चिन्तन प्रवृत्ति हावी भएको आरोप लगाएका छन् ।
त्यस्तै पार्टीमा वाक स्वतन्त्रतामाथी लगाम लगाइएको भन्दै आफूजस्ता कार्यकर्ताले बोल्ने र आफ्नो कुरा राख्न निषेध गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
पार्टीको सुधार हुने अपेक्षा गरेपनि सिद्धान्त र व्यवहारबीचको गहिरो अन्तरविरोधका कारण पार्टीभित्र भावनात्मक पक्ष निकै कमजोर हुँदै गएको महशुस गरेर राजीनामा दिएको उनले खुलाएका छन् ।
उनले राजीनामा पत्रमा भनेका छन्,