(नवलपरासी) एमाले जिल्ला कमिटी नवलपरासीमा विबाद देखिएको छ । जिल्ला कमिटीका ३५ सदस्यले
संयुक्त बिज्ञप्ती निकालेर जिल्ला नेतृत्वले हैकम चलाएर पार्टी कमजोर पारेको आरोप
लगाउँदै तत्काल नेतृत्व फेर्न माग गरिएको छ ।
साढे तीन वर्षअघि निर्वाचित जिल्ला कमिटीले २० प्रतिशत सदस्य मनोनित
गर्नपर्नेमा अझै मनोनितका बारेमा बैठकमा एजेन्डा समेत प्रबेश गराउन नसेको
असन्तुष्टपक्षका नेता तथा एमाले क्षेत्र नं २ का इन्चार्ज बिष्णु भुसालले बताए ।
जिल्ला समितिले पूर्णता नपाएका कारण कमिटीको पूर्ण बैठकसमेत बस्न सकेको छैन् ।

एमाले बिधानअनुसार हरेक वर्ष कम्तिमा एक पटक गर्नुपर्ने प्रतिनिधि परिषदको
बैठक साढे तीन वर्षसम्म पनि बस्न सकेको छैन ।
पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका जिल्ला नेताहरुको भेलाले ७ वटा
बुँदासहितको बिज्ञप्ती पार्टी केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई
बुझाएका छन् । केन्द्रीय कार्यालयमा ६१८ नम्बरमा दर्ता गराइएको निवेदनमा पार्टी
नेतृत्व बिधान बिपरीत चल्दै आएकोले बिधान अनुसार चल्न निर्देशन गरिदिनु आग्रह
गरिएको छ ।
उनीहरुले निर्वाचित भएको साढे तीन वर्षसम्म पनि जिल्ला कमिटीले पूर्णता पाउन
नसकेको, सचिवालय गठन पूरा नभएको , पार्टीका बिभागले पूर्णता नपाएको, हरेक दुई
महिनामा बस्नुपर्ने नियमित बैठक बस्न नसकेको लगायत आरोप लगाउँदै नेतृत्व असफल भएको
दाबी गरेका छन् ।
बिज्ञप्ती निकाल्नेहरु माधब नेपालपक्षका भनेर चिनिएकाहरु छन् । आजको
कान्तिपुरमा समाचार छ ।



