उच्च माध्यमिक शिक्षा परिषद्ले एसएलसीको
परीक्षामा सबै बिषयमा डी प्लस ल्याएका विद्यार्थीलाई मात्रै भर्ना लिने तयारी
गरेको छ ।
विज्ञान तर्फ पढ्न चाहनेले एसएलसीमा अंग्रेजी, विज्ञान, गणितमा सी प्लस ल्याउनु पर्ने प्रावधान राख्ने
परिषद् स्रोतले जनाएको छ । सी प्लस भन्नाले ५० देखि ६० प्रतिशत हुन्छ ।

मानविकी, शिक्षा, व्यवस्थापन संकाय अध्ययन गर्न कम्तीमा १.६ ग्रेट प्वाइन्ट र सबै बिषयमा डी प्वाइन्ट ल्याउनै पर्ने व्यवस्था गर्न लागेको परिषद्का
उपाध्यक्ष चैतन्य शर्माले बताए । विज्ञान र प्राविधिक धार बाहेकका साधारण
तर्फका बिषय अध्ययन गर्न सैद्धान्तिक र प्रयोगात्मकमा कम्तीमा डी प्लस ल्याउनै
पर्ने व्यवस्था गर्न लागेका छौं,
उनले भने ।
परिषद्ले सोमबार निर्णय गरेर कुन ग्रेड ल्याएकालाई भर्ना लिने भन्ने आफनो योजना
सार्वजनिक गर्दैछ । १.६ ग्रेट प्वाइन्ट ल्याउन सबै बिषयमा न्यूतम
३० देखि ४० प्रतिशत ल्याउनु पर्ने हुन्छ ।

प्राविधिक धारबाट एसएलसी परीक्षा दिएका
विद्यार्थीले कक्षा ११ मा भर्ना पाउन १० वटै बिषयमा सी प्लस ल्याउनु पर्ने
व्यवस्था गर्दै छ । त्यस्तै कक्षा ११ मा भर्ना लिन गरिने प्रवेव परीक्षामा ७०
प्रतिशत विद्यार्थीले प्राप्त गरेको ग्रेड प्वाइन्ट र ३० प्रतिशत इन्ट्रान्स
परीक्षामा प्राप्त नम्बरलाई आधार मान्ने भएको छ । परिषद्ले लिने छात्रबृति
परीक्षामा पनि यही नियम लागू गर्दैछ ।
सरकारले यसवर्षदेखि एसएलसीको नतिजा ग्रेडिङ
प्रणालीबाट गर्दैछ । ए प्लस देखि इ सम्म विभाजन गरेर नतिजा सार्वजनिक हुनेछ । दुई
वटा बिषयससम्म डी ग्रेड ल्याएमा पुन: क्षमता बढाउने मौका परीक्षा दिन पाउने भएकोले
परिषद्ले सबै बिषयमा डी प्लस ल्याउनु पर्ने प्रावधान राख्न लागेको शर्माले बताए ।
परीक्षा
नियन्त्रण कार्यालयले असार पहिलो साता भित्र नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
कान्तिपुरमा समाचार छ ।



