(काठमाडौं) प्रधानमन्त्री केपी शर्मा ओलीले
आफ्नो जन्म शनिबार भएकाले शनि ग्रहले आफूलाई दुःख नदिने र शनिको साँढेसातको
दशाग्रहसमेत नलाग्ने दाबी गरेका छन्। मैले कहिल्यै
शनिले दुःख दिन्छ कि दिँदैन भनी ग्रहदशा हेराउने काम गरिन र अब पनि गर्दिनँ, हामीले शनिलाई हेरेर हुँदैन, उसले हामीलाई हेरेमात्र दशा लाग्ने हो, उनले भने।
बिपी कोइराला मेमोरियल
प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल र
अन्तरिक्ष विज्ञानसम्बन्धी आयोजित गोष्ठी उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, शनिसँग मान्छे देख्ने टेलिस्कोप छैन। केको दशा लाग्नु तीनदिने सो गोष्ठीमा
दश जोड दुई, प्रमाणपत्र तहदेखि स्नातकोत्तर
तहसम्म विज्ञान विषय अध्ययन गर्ने करिब एक सय प्रतिभाशाली छात्रछात्राको सहभागिता
रहेको छ। उनीहरुलाई पछिल्लो समयमा खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धानमा लागेका वैज्ञानिकले गरिरहेका अनुसन्धान, उपलब्धि र यस क्षेत्रमा नेपाल सरकारले गरेका कामका बारेमा
जानकारी दिने कार्यक्रम रहेको छ।
बिपी कोइराला मेमोरियल
प्लानेटेरियम तथा अब्जरभेटरी संस्थाले चन्द्रमामा नेपालको तर्फबाट रकेट प्रक्षेपण
गर्ने अति महत्वकाङ्क्षी योजनाले काम गरिरहेको जनाएको छ। यसका लागि उसले नगरकोटमा
वेदशाला स्थापना गरी कामसमेत गरिराखेको छ।हावादारी कुरा गर्यो भन्छन् लगाउने जुत्ता, कपडा च्यातिएको छ, लिपिस्टिक र पाउडरमात्र लगाएर के
गर्नु, अहिलेको हाम्रो विकासको प्रयास
यस्तै छ, सबैतिर फाटेको छ, कति ठाउँमा टाल्नु रु छिटो छिटो विकास गर्छुभन्दा हावादारी
कुरा गर्योर भन्छन्‘,
उनले भने।उनले अन्तरिक्षमा नेपालले
आफ्नै स्थान (स्पेस) लिनुपर्ने बताए।
यसले दूरसञ्चारले सहयोग पुर्यानउने
चर्चा गर्दै खगोल र अन्तरिक्ष विज्ञानको विकास गर्न सरकार प्रतिबद्ध रहेको उनले
सुनाए। प्रधानमन्त्री ओलीले नगरकोटमा स्थापना भएको वेधशालाको निरीक्षण गर्न आतुर
रहेको जानकारी दिएका थिए।कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव
अनुपराज उपाध्यायले नेपालको हावापानी सुहाउँदो विज्ञान प्रविधिको विकास गर्न
मन्त्रालयले काम जारी राखेको चर्चा गरे। १ अर्ब दिए चन्द्रमा रकेट पठाउछौं‘बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीका
सहकार्यकारी निर्देशक प्रा.सनतकुमार शर्माले सरकारले रु एक अर्ब लगानी गर्ने हो
भने चन्द्रमामा रकेट पुर्यारउने क्षमता आफूहरुमा भएको जानकारी दिँदै खगोल
विज्ञानको विकासले समग्र विकासलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सो संस्थाका कार्यकारी निर्देशक
प्रा.डा. शोभाकान्त लामिछानेले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्न संस्थाले विभिन्न काम गरेको
उल्लेख गरे।खगोल र अन्तरीक्ष विज्ञानका प्राडा उदयराज खनालले अकाशको अध्ययन गरेर
के हुन्छ रु भन्ने होइन सबैथोक यसैमा छ भन्ने भावना सरकारले लिनुपर्छ र यस
क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे।
नागरिक न्युजमा समाचार छ ।



