नयाँ
शक्ति नेपालले १५१ जनाको मात्र केन्द्रीय समिति बनाउने भएको छ। पार्टीले बनाएको
विधान अनुसार १५१ जनाको केन्द्रीय समिति बने पनि अहिलेको भेलामा ९९ जना मात्र
केद्रीय सदस्य रहनेछन् र सदस्यको संख्या विस्तारै बढाएर १५१ पुर्याइने भएको छ।
पार्टी
बहुपदीय बन्ने विधानमा उल्लेख भए पनि अहिलेका लागि पार्टी नेता बाबुराम भट्टराई
संयोजक रहनेछन् भने अन्य केन्द्रीय सदस्य मात्र हुनेछन्। यस अर्थमा अर्को
महादिवेशन नभएसम्म पार्टी अध्यक्षात्मक प्रणालीको ढाँचामा चल्नेछ।
अहिले
संक्रमणकालिन पार्टी भएकाले एक जना संयोजक र अन्य केन्द्रीय सदस्य रहने व्यस्था
गरिएको हो, अहिले बन्द शत्र चलिरहेकाले नाम उल्लेख नगर्न अनुरोध गर्दै
एक नेताले भने, आगामी एक वर्ष भित्र महाधिवेशन गर्ने र पार्टी बहुपदमा
जानेछ।
९९ जना
केन्द्रीय सदस्यको चयन मंगलबार हुनेछ।
यसै गरी
पार्टीले विभिन्न विभागहरु बनाउने भएको छ। जसले सरकारी मन्त्रालयको छायाँ
मन्त्रालय जस्तो काम गर्ने छन्।
संगठन
विभाग बाहेक बिभागहरुले छायाँ मन्त्रालयको काम गर्ने छन्। तर सरकारी मन्त्रालय
धेरै भएकाले एक विभागले दुई-तीन मन्त्रालय हेर्ने छन्, एक पार्टी
नेताले सेतोपाटीसँग भने, त्यसका बारेमा टुंगो लाग्न बाँकी छ।
आज
पार्टीमा प्रस्तुत दस्तावेज माथि १२ वटा समूहहरुले छलफल गर्दैछन्। दस्तावेज माथि
उनीहरुले भोलिको बैठकमा आफ्नो धारणा ब्यक्त गर्नेछन्। दस्तावेज पारित भएको घोषणा र
नयाँ केन्द्रीय समितिको चयन भोलि हुनेछनयाँ शक्ति नेपालले १५१ जनाको मात्र
केन्द्रीय समिति बनाउने भएको छ। पार्टीले बनाएको विधान अनुसार १५१ जनाको केन्द्रीय
समिति बने पनि अहिलेको भेलामा ९९ जना मात्र केद्रीय सदस्य रहनेछन् र सदस्यको
संख्या विस्तारै बढाएर १५१ पुर्याइने भएको छ।
पार्टी
बहुपदीय बन्ने विधानमा उल्लेख भए पनि अहिलेका लागि पार्टी नेता बाबुराम भट्टराई
संयोजक रहनेछन् भने अन्य केन्द्रीय सदस्य मात्र हुनेछन्। यस अर्थमा अर्को
महादिवेशन नभएसम्म पार्टी अध्यक्षात्मक प्रणालीको ढाँचामा चल्नेछ।
अहिले
संक्रमणकालिन पार्टी भएकाले एक जना संयोजक र अन्य केन्द्रीय सदस्य रहने व्यस्था
गरिएको हो,अहिले बन्द शत्र चलिरहेकाले नाम उल्लेख नगर्न अनुरोध गर्दै
एक नेताले भने, आगामी एक वर्ष भित्र महाधिवेशन गर्ने र पार्टी बहुपदमा
जानेछ।
९९ जना
केन्द्रीय सदस्यको चयन मंगलबार हुनेछ।
यसै गरी
पार्टीले विभिन्न विभागहरु बनाउने भएको छ। जसले सरकारी मन्त्रालयको छायाँ
मन्त्रालय जस्तो काम गर्ने छन्।
संगठन
विभाग बाहेक बिभागहरुले छायाँ मन्त्रालयको काम गर्ने छन्। तर सरकारी मन्त्रालय
धेरै भएकाले एक विभागले दुई-तीन मन्त्रालय हेर्ने छन्,एक पार्टी
नेताले सेतोपाटीसँग भने, त्यसका बारेमा टुंगो लाग्न बाँकी छ।
आज
पार्टीमा प्रस्तुत दस्तावेज माथि १२ वटा समूहहरुले छलफल गर्दैछन्। दस्तावेज माथि
उनीहरुले भोलिको बैठकमा आफ्नो धारणा ब्यक्त गर्नेछन्। दस्तावेज पारित भएको घोषणा र
नयाँ केन्द्रीय समितिको चयन भोलि हुनेछ। सेतोपाटिमा
खबर छ ।