गाउँपालिका र नगरपालिकाको चुनाव पहिला हुनुपर्छ : रामचन्द्र पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकायको चुनाव मंसिरमा
हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले मंगलबार भरतपुर विमानस्थलमा गरेको पत्रकार
सम्मेलनमा बोल्दै नेता पौडेलले स्थानीय निकायको चुनाव गराउनुअघि संविधानले
व्यवस्था गरे अनुरुप गाउँपालिका र नगरपालिकाको चुनाव पहिला हुनुपर्नेमा जोड दिए ।

बाहिर हल्ला भएजस्तो कांग्रेसले स्थानीय निकायको चुनाव नचाहेको प्रति कटाक्ष
गर्दै उहाँले त्यो हल्ला मात्र भएको प्रस्ट पारे ।  

संविधान जारी भइसकेको अवस्थामा अहिले कांग्रेसलाई सत्ताको भन्दा पनि संविधान
कार्यान्वयनको चिन्ता रहेको बताए ।

संविधान कार्यान्वयन गर्न सत्तामा नै रहन नपर्ने बताउँदै उनले संसदमा आफूहरु
पनि भएकाले त्यही बसेर कानुन बनाउन लागिपरेको बताए । उनले यो सरकार हट्ने कि
नहट्ने विषयमा सत्ता साझेदारहरुबीच तालमेल भएसम्म रहने भएकाले कांग्रेसले हटाउँछु
भनेर हट्ने र राख्छु भनेर रहने भन्नेमा कुनै प्रश्न नरहेको उनले प्रट्याए ।
कान्तिपुरले छापेको छ