व्यक्तिवाद

युबराज केसी, अर्घाखाँची
मान्छेले व्यक्तिवादका कुरा  ठुला गर्छन् व्यक्तिको पुजा गर्न गर्छन उहीँ ब्याक्तिलाइ देशको सबैभन्दा सर्वमान्य ठान्छ्न तर आफुले पनि कुनै दिन ठानियो होला तर  विचारमा ब्याक्तिवाद चल्दो रहेन्छ बिचार त एउटा ब्याक्ती भनेको त केवल एउटा् गाडी हाक्ने ड्राइभर जस्तै रहेछ।त्यसैले आज बिगतका आफ्नै शुभचिन्तक डाक्टर बाबुराम भट्टराईको बारेमा सानो टिप्पणी गर्ने मन लाग्यो।
कसैलाई मन पर्ला कसैलाई मन नपर्ला यसमा मलाई कुनै दुख लाग्ने छैन किन कि सत्य सधै नै सत्य हुन्छ तितोलाई जति मीठो बनाउछु भने पनि तितो नै हुन्छ।त्यसैले हामी सबैका  का चितपरिचित डा बाबुराम भट्टराई ज्यु हिज त्यसै सत्तामा पुगेका थिएनन्  बिगत सन्सार हल्लाउने महान युध्द को नायकत्व गरेका थिए उन को निर्देशन मा एउटा चेतना ले भरिएको मान्छे  सहिद हुन उत्सर्ग मान्थ्यो  यस्तो  राजनितिक यात्रा गरेका  थिए उनी प्रती सन्सार भर का सर्बहारा मजदुर  बर्ग ले वाहा वाह को ताली पिट्थे त्यसैले उनलाई बिश्वास को आधार मा काङ्ग्रेस,एमाले,माओवादी,सबैको सहमति मा नेपाल को प्रधानमन्त्री नेतृत्व को ताला चावी पनि सुम्पी दिए आफ्नो अवधी मा कुनै राम्रा काम गर्नु भयो भने कुनै नराम्रा काम पनि गर्नु भए होला राम्रा कामलाइ सबैले अहिले सम्म ताली पिट्छ्न भने नराम्रा कामको बिरोध सबैले अहिले सम्म पनि गर्छ्न।त्यो नौलो कुरा भएन तर यसो बुझ्दा हामी कोहि पनि ब्याक्तिवाद को कुरा लिएर अगाडि बढ्नु हुदैन किन कि ब्याक्तिले केवल टोल बदल्न सक्ला एउटा् गाडिको पाङ्ग्रा बदल्न सक्ला तर सस्कार कानुन राज्यसत्ता बदल्न कहिलै सक्दैन।यो बदल्ने भनेको केवल बिचार बाट संचालित पार्टि को रणनीतिक र कर्यदिशा ले हो त्यसैले आफ्नो बिचारलाइ सानो तरिकाले जतिसुकै बेला बदल्ने नगरौ।
जस्तै अहिले दस बर्स जनयुद्ध का नायक डाक्टर  बाबुराम भट्टराई ज्यु ले दस बर्स कलम चलाउने हातलाइ बन्दुक चलाउन सिकाएका थिए। सहिद को सपना  अधुरो छोड्दै  बिधुवा को आखाको आँसु नसुक्दै सहिद कि आमा को कोख को घाउ को पीडा नबिर्सदै अहिले फेरि बन्दुक चलाउने हातलाइ कलम चलाउनु पर्छ भनेर बिच यात्रा बाट बिचार बद्ल्नु भयो हो मेरो ब्याक्तिगत रूपमा उहाँ महान हुनुन्छ तर  हिजो को बिचार अब रहेन उहाँ मा  आज क्रान्तिकारीको को मन मा छुरा धस्नु भएको महशुस गरिएको छ   अचानक निम्न पुजिपतिबर्ग  र नब धनाढ्य  को कित्तामा  बिलय हुनु भएको छ ।हिजो जुन सर्वहारा को निम्ति यस्तो र उस्तो गर्छु भनी हिडडुल गर्नु भएको थियो तर आज सर्वहारा का बाबुराम भन्न नसक्दा हामी जस्ता लाखौ युवाहरु बाबुराम प्रती असन्तुष्ट पोख्नु नौलो होइन।
बरु डाक्टर बाबुराम भन्दा एमाले के पि ओलिको विचारमा हामी नजिक हुन सकौला तर डाक्टर बाबुराम भट्टराई को नयाँ शक्तिमा हामी नजिक हुने सम्भावना म देख्दैन।बरु यसो पाटिहरुको  तुलना गर्न हो भने डाक्टर बाबुराम भट्टराई को नयाँ शक्ति र नेपाली काङ्ग्रेस को पुजिवाद र समाजवाद नजिक देखिन्छ।किन कि अहिले बिपि को नारा काङ्ग्रेस ले नाराको रूपमा मात्र सिमित राखे त पनि  बिपिले समाजवाद को नारा लिएर अगाडि बढेका थिए सो बिपि कारण काङ्ग्रेस ले क्यौ बर्स सत्ता चलायो तर देशमा कुनै आर्थिक उन्नति को उपलब्धि देखाउन सकेन त्यस कारण क्यौ पाटिहरुले जन्म लिए देश प्रती कसैको उपलब्धि नदेखेर साम्यवाद लिएर प्रचण्ड बाबुराम दस बर्स जनयुद्ध गरि सत्ता आफ्नो हातमा ल्याउन सफल भएता पनि तर जुन साम्यवाद को नारालाइ पूरा रूपमा सफल पार्न नसकेता पनि नेपालमा राज्यसत्ता को अन्त्य गरि गणतन्त्र ल्याइ नयाँ संविधान बनाउन सफल भए तर सहिदका सपनाहरू पूरा गर्न बेला पाटिको फुटले सहिदका सपनाहरू पूरा हुन सकेका छैनन् त्यसैले जसले जतिसुकै यस्तो उस्तो गर्छु भने पनि फुटेर होइन जुटेर अगाडि बढ्नु पर्छ भन्ने सारा नेपाली जन्ताको माग हो।सबै मिले नेपाल समृद्धि मात्र होइन नेपाल सिङापुर युरोप जस्तै बिकसित देश बन्छ ।