एमालेले ७ वटा प्रदेशस्तरिय कमिटी बनाउने

काठमाडौं नेकपा एमालेले नयाँ संविधानबमोजिम पार्टीलाई ७ ओटा
प्रदेशस्तरीय कमिटी बनाउने गृहकार्य पूरा गरेको छ ।शनिबार बस्ने पार्टीको स्थायी
कमिटीको बैठकमा प्रदेश कमिटीको खाकाबारे छलफल हुने पार्टीका सचिव योगेश भट्टराईले
जानकारी दिए ।

गत जेठ २४ गते प्रधानमन्त्री निवास
बालुवाटारमा बसेको स्थायी समितिको बैठकले प्रदेश संगठन कमिटीको गृहकार्य गरी पेस
गर्न केन्द्रीय संगठन विभाग र सचिवालयलाई जिम्मा दिएको थियो ।

प्रदेश कमिटीमा संयोजक, पदाधिकारी वा स्थायी कमिटी सदस्य कोबाट गर्ने, सदस्यमा केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, पूर्वजिल्ला अध्यक्ष वा