कर्मचारी संगठनमा ओली नेपाल समूहको गुटबीच भिडन्त

नेकपा
(एमाले) पार्टीमा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको
आन्तरिक लडाइँको असर ट्रेड युनियनमा पनि देखिएको छ। आधिकारिक ट्रेड युनियन चुनावमा
सबैभन्दा शक्तिशाली बनेको सत्तारुढ दल एमाले निकट कर्मचारी संगठनमा ओली
नेपाल
समूहको गुटबीच भिडन्तको स्थिति उत्पन्न भएको छ।

ट्रेड
युनियनको नेतृत्व हत्याउन ओली-नेपाल पक्षबीच रस्साकस्सी चलेको छ।

दुई
पक्षको लडाइँले कुटाकुटको स्थिति उत्पन्न गराएपछि एमाले निकट नेपाल निजामती
कर्मचारी संगठनको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
आधिकारिक ट्रेड युनियन अध्यक्षमा दुबै समूहले आफ्नो दाबी प्रस्तुत गरेका छन्।
 

पदाधिकारी
छनोट गर्न शुक्रबार बसेको बैठकमा अध्यक्ष को बन्ने भन्ने विषयमा विवाद हुँदा ओली
नेपाल
पक्षका कर्मचारीबीच कुटाकुट भएपछि स्थगित बैठक फेरि कहिले बस्ने टुंगो लाग्न सकेको
छैन। अर्को बैठक कहिले बस्ने भन्ने निश्चित हुन सकिरहेको छैन
, संगठनका
निवर्तमान अध्यक्ष भोला पोखरेलले सेतोपाटीसँग भने।

आधिकारिक
ट्रेड युनियनको निर्वाचनमा एमालेले सबैभन्दा बढी मत पाएको थियो। मतको आधारमा पद
बाँडफाँट हुँदा एमालेले अध्यक्ष
, उपाध्यक्ष, कोषाध्यक्षसहित
८ सदस्य पाउँछ। तिनै पदाधिकारी छनोटबारे छलफल गर्न बसेको बैठकमा विवाद भएर हानाहान
भएपछि एमाले कर्मचारीको विवाद उग्र बनेको हो।

ट्रेड
युनियनको अध्यक्षमै झगडा भएपछि अन्य पदाधिकारीबारै छलफल अगाडि नै बढेको छैन।
अध्यक्षका लागि संगठनका वर्तमान अध्यक्ष पुण्य ढकाल र निवर्तमान अध्यक्ष पोखरेलबीच
भिडन्त छ।

ओली
समूहको ढकाल पक्ष संगठनमा अल्पमतमा रहेको भन्दै पोखरेल समूह उनलाई रोक्ने कसरतमा
जुटेको छ। संगठनमा हाम्रो बहुमत हुँदाहुँदै उहाँलाई अध्यक्ष हुन दिने कुरा हुँदैन
,पोखरेलले
भने
, संगठनको केन्द्रीय कमिटी बैठकबाट कसलाई अध्यक्ष बनाउने भनेर
निर्णय गरी निर्वाचन कार्यालयमा बुझाऔं भन्ने हाम्रो कुरा हो।

ढकाल
समूहले त्यसलाई अस्वीकार गर्दा शुक्रबार कुटाकुट भएको पोखरेलले दाबी गरे। उनको
दाबीअनुसार ढकाल समूह पेलेर जाने मनस्थितिमा छ। कुर्सी फोड्ने काम उहाँकै समूहले
गरेको हो
, पोखरेलले भने, बैठक
छोडेर उहाँकै समूह हिँडेपछि अनिश्चित भयो।

पुण्यजीका
मान्छेले हंगामा गर्न खोजेका छन्। अल्पमतका मान्छेले बहुमतलाई राज्य गर्न खोज्दाको
परिणाम हो यो
, पोखरेलले अगाडि भने, पहिले-पहिले
पार्टीको आदेशबाट हुन्थ्यो
, अब केन्द्रीय कमिटीको हस्ताक्षर, माइन्युट
चाहिन्छ। बहुमत हस्ताक्षर पुर्याउन नसकेकाले पुण्यजीले हंगामा गर्न खोज्नुभएको छ।

काम गर्ने
बेलामा युनियनका गतिविधिमा संलग्न नहुन भन्दै प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि
एमाले कर्मचारीको पदाधिकारी छनोट समयमै टुंग्याउन चुनौती थपिएको छ। प्रधानमन्त्री
ओलीले युनियनका गतिविधि छोडेर १०
५ बजेसम्म कार्यालयमा समय दिन निर्देशन दिएका
छन्।

यता संगठन
अध्यक्ष ढकालले भने बैठक अनिश्चित नभएको जिकीर गरे। राजधानी बाहिरबाट आउनुभएका
साथीहरू फर्किनुभएको छ
, उहाँहरू आउनका लागि त केही समय लाग्छ, उनले भने,
गतेभित्र बैठक बस्न सक्छ।
उनले
आफूहरूले नभएर पोखरेल पक्षले नै तनाव उत्पन्न गराएको दाबी गरेका छन्।

ढकालका
अनुसार केन्द्रीय कमिटीमा अहिलेसम्म मतमतान्तर गरिएको छैन। तीन वर्ष कटेर गयो
मतमतान्तर नभएको
, अहिले आएर बलजफ्ती मेरो बहुमत छ भनेर कसरी आँकलन गर्न मिल्छ?, ढकालले
भने
, उफ्रिएका आधारमा, बोलेका
आधारमा
, आक्रोश पोखेका आधारमा बहुमत पुर्याउन खोजेको देखिन्छ।

सहमतिका
साथ नेतृत्व आफूलाई सुम्पिए हुने ढकालले बताए। आफ्नो नेतृत्वमा संगठन फराकिलो
बनेकाले स्वभाविक दाबी रहेको ढकाल बताउँछन्।
सेतोपाटिमा खबर छ