कांग्रेसका सांसदहरुद्वारा व्यवस्थापिका-संसदमा सरकारको कडा अलोचना

 भूकम्पपीडितको पुनःस्थापना र भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माण नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले सोमबार व्यवस्थापिका-संसदमा सरकारको कडा अलोचना गरेका छन् ।
पूर्वाग्रह राखेर काम भएको भन्दै उनीहरुले प्रधानमन्त्रीले संसदमा जवाफ दिन माग गरेका छन् भने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण खारेज हुनुपर्ने बताएका छन् ।
संसदको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदले भूकम्पपीडितले एक हिउँद र एक बर्खा खुला आकाशमा नै बिताउन बाध्य भएको र अर्को बर्खा पनि खुला आकाशमुनि बिताउन बाध्य पारिएको आरोप लगाए ।
उनीहरुले यो अवधिमा सरकारले न त भूकम्पपीडितका लागि राहत दिन सक्यो न त पुनःनिर्माण नै थालेको भन्दै आपत्ति जनाए ।
बैठकमा कांग्रेस सांसद महेश आचार्यले हिमाली भेगका जिल्लाहरु समस्या र त्रासमा परेपनि सरकार बेखबर रहेको बताए ।
सामूहिक शिविरमा राख्ने, स्वयंसेवक खटाउने, अनुदान दिने केही काम पनि हुन नसकेको उनको आरोप छ । इमेजखबरमा समाचार छ ।