प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ दलीय मोर्चासँग वार्ता गर्ने

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले ३३
दलीय मोर्चासँग वार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले शोभराम थापा नेतृत्वको
३३ दलीय मोर्चासँग आज दिउँसो सिंहदरबारमा वार्ता गर्न लागेका हुन् ।

दोस्रो संविधानसभा पूर्व मोहन वैद्यले ३३
दलीय मोर्चाको नेतृत्व गरेका थिए
 

 मोर्चाबाट वैद्य अलग भएपछि मोर्चाको नेतृत्व राष्ट्रवादी मञ्चका अध्यक्ष शोभराम
थापाले गरेका थिए ।

सरकारसँगको वार्तामा मोर्चाले ३३ दलको एउटै
पार्टी दर्ता गर्न पाउनुपर्नेलगायतका माग राख्ने बताइएको छ । इमेजखबरमा खबर छ ।