मंसिरमै चुनाव गराउन सरकार गृहकार्यमा: उपप्रधानमन्त्री थापा

वीरेन्द्र केसी
पोखरा । उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले मंसिरमै स्थानीय निकायको चुनाव गराउने सरकार गृहकार्यमा लागेको बताए । संविधानलाई कार्यन्यवन गर्न निर्वाचन आवश्यक रहेको उनले दावी गरे । 
‘स्थानीय तह पुनसंरचना आयोगसँग प्रधानमन्त्रीले भदौ भित्र प्रतिवेदन माग गर्नुभएको छ,’ राप्रपा नेपाल कास्कीको तेस्रो जिल्ला अधिवेसन उद्घाटन गर्दै थापाले भने, ‘भदौमा प्रतिवेदन आयो भने मंसिरमा चुनाव संभव छ ।’ संविधान निर्माणको नेतृत्व गरेका दलले सत्ता र पार्टीगत स्वार्थमा लागेर चुनावका लागि आनाकानी गरेका छन । तर, उनीहरुको मागलाई सम्बोधन गरेर चुनाव हुने ठोकुवा गरे । 
संविधान कार्यन्यवन गराउन केही दलबीच भएको असमझदारीलाई थाती राखेर अघि बढनुको विकल्प नभएको उनले दावी गरे । ‘अहिलेको संविधानमा आफना एजेण्डा स्थापित गराउन कोही पनि जंगल जानुपर्ने अवस्था छैन, सीमानाका पारीबाट ढुंगा हान्नु पर्दैन,’ राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले भने,’जनताको मन जितेर एजेण्डालाई स्थापित सकिन्छ । सिद्धान्तमा विचलित नहुने पार्टी एउटा चुनाव हार्दैन सिद्धान्त हार्दैन ।’
 राप्रपा नेपाल पनि २०६४ को संविधानसभाको चुनाव भन्दा ०७० को चुनावले लोकप्रियता बढाएको बताए । संविधानमा फरक मत राख्ने दलहरुलाई प्रतिवन्ध लगाइने छैन भन्ने व्यवस्था छ । त्यसैले सरकारमा सहभागी भएपनि सनातन हिन्दुराष्ट्र पाटीको एजेण्डा रहेको बताए । अहिले पनि हिन्दुराष्ट्र राख्ने कि नराख्ने भन्नेमा जनमत संग्रह गराउने हो भने ८० प्रतिशत राख्ने पक्षमा आउछन ।  तर प्रमुख दलहरु कुन शक्तिसँग डराएका छन भन्ने बुझन नसकेको थापाले बताए । उनले ६-६ महिनामा सरकार गिराउने र बनाउने तिर लाग्नुको साटो देसलाई आर्थिक विकास गर्न सबैदल मिल्नुको विकल्प नभएको बताउदै थापाले जनताको मुखमा हा