संसद अवरुद्धपछि प्रधानमन्त्री र कांग्रेस नेतृत्वबीच छलफल

प्रमुख प्रतिपक्षी दलले उठान गरेका मागहरुमाथि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच व्यवस्थापिका-संसद् भवन नयाँ बानेश्वरमा छलफल सुरु भएको छ ।
बैठकमा प्रम केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता रहेको छ ।
प्रमुख प्रतिपक्षी दलले भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रु दुई लाख तथा दुई प्रतिशत ब्याजदरमा रु १५ लाख र रु २५ लाख ऋण वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग माग राखी सदन अवरुद्ध गर्दै आएको छ ।
छलफलमा संसदमा हुँदै आएको गतिरोध अन्त्यका लागि पहल भइरहेको स्रोतले जनाएको छ । इमेजखबरमा समाचार छ ।