प्रचण्डले भने राष्ट्रिय सहमति बने बर्तमान प्रधानमन्त्री केपी ओली पनि आफुलाई स्वीकार्य

नेकपा माओवादी केन्द्रका
अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयन र असन्तुष्ट दलहरुको माग सम्बोधनका
लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय सहमति बने
बर्तमान प्रधानमन्त्री केपी ओली पनि आफुलाई स्वीकार्य रहेको उल्लेख गरेका छन् ।
 

ओली नेतृत्व सरकारको विकल्प
खोज्न कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुबीच छलफल भएको चर्चा चलिरहेका
बेला उनले बिहीबार नेपालगन्जको एक कार्यक्रममा सहमतीय सरकारमा जोड दिएका हुन् ।
उनले संविधान कार्यान्वन नहुने खतरा पनि उत्तिकै बढ्दै गएको दाबी गरे ।
 



आउने माघसम्म संविधान
कार्यान्वयन हुननसके मुलुक ठूलो दुर्घटनामा पर्नसक्ने खतरा छ । संविधानलाई अफसल
पार्ने तत्व पनि क्रियाशिल हुँदै गएका छन
, अच्यूतराज सुवेदी स्मृती प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन
गर्दै अध्यक्ष दाहालले भने
, त्यसका लागि राष्ट्रिय
एकता आवश्यक छ । राष्ट्रिय एकतालाई मुर्तरुप दिनका लागि राष्ट्रिय सहमतिको सरकार
नै हो ।
तर, हाल मुलुकमा राष्ट्रिय एकताको
अभाव हुँदै गएको उनको दाबी छ ।
 

सम्बोधनको अधिकांश समय उनले
राष्ट्रिय एकतामै बढी जोड दिएका थिए । उनले राष्ट्रिय सहमितको सरकारले मात्रै
मुलुकको वर्तमान समस्या हल गर्नसक्ने दाबी गरेका छन् । संविधान कार्यान्वयनका लागि
सबै प्रमुख दलको सहमतिको सरकार हुनुपर्छ । त्यस्तै
, मधेसी, थारु, आदिबासी जनजातिलगायतका माग
संबोधनका लागि संविधान संशोधनका लागि पनि सहमति जरुरी छ
, दाहालले भने, देश अझै अप्ठ्यारो परिस्थितिमा
छ । त्यसको विकल्प भनेकै राष्ट्रिय एकता हो ।

तर, सहमतीय सरकारमा जोड दिंदा नेकपा
माओबादी फेरि सत्तामा जान खोजेको आरोप लाग्न थालेको उनले बताए । उनले केपी ओलीकै
नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन भएपनि स्वीकार गर्ने बताए । कांग्रेसको
नेतृत्वमा सरकार बनेपनि स्वीकार्छौँ । तर
, प्रमुख दलबीच राष्ट्रिय सहमतिको सरकार बनोस, उनले भने, सरकारको नेतृत्व गर्नका लागि
सहमतिको कुरा गरेको होईनौं ।
राष्ट्रिय एकता बलियो बनाउन उक्त मुद्दा अगाडि सारेका
हौँ ।

उनले सरकार नेतृत्वकर्तामा
राजनीतिक अहंकार देखिन थालेको बताए । त्यस्तै
, भूकम्पबाट भएको क्षति को पुर्ननिर्माणमा सरकारको तर्फबाट ढिलाई भइरहेको दाहालको भनाई थियो । बिनासकारी भूकम्पपछि जसरी दलहरुबीच राष्ट्रिय एकता कायम भएको थियो त्यो अवस्था अहिले छैन । दलहबीच फेरि असन्तुष्टी बढ्दै गएका छन्, उनले भने । कान्तिपुरमा समाचार छ