कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले माओवादी सरकारबाट बाहिरिएपछि पुष्पकमल
दाहालसँग नयाँ सरकारबारे छलफल हुने बताएका छन् ।
माओवादी कहिले सरकारबाट बाहिरिन्छ भनेको पर्खेका छौं, प्रेस युनियन कास्कीले आइतवार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले भने ।
अनौपचारिक कुराकानी भइरहे पनि सरकार छाडेपछिमात्र दाहालसित नयाँ सरकार बनाउन
निर्णायक छलफल गरेर अगाडि बढ्ने उनले बताए । सरकारबाट नहट्दासम्म माओवादीको
विश्वास छैन, उनले भने, पहिला सरकार
छाडनुपर्छ ।

सिटौलाले सहमतीय सरकार निर्माणमा जोड दिए । कानून नै नबनेको अवस्थामा चुनावको
कार्यविधि बन्न सम्भव नहुने भएकाले मंसिरमा स्थानीय निकायको चुनाव गर्न सम्भव
नभएको उनले दाबी गरे ।कातिपुरमा समाचार छ ।



