प्रधानमन्त्री ओलीविरुद्ध संसदम अविश्वासको प्रस्ताव दर्ता

कांग्रेस, माओवादी केन्द्र र नेकपा संयुक्तले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदम अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
कांग्रेसका १८३, माओवादीका ७० र नेकपा संयुक्तका ३ जना सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता भएको कांग्रेस नेता रामकृष्ण यादवले जानकारी दिए । अविश्वास प्रस्तावको तयारी कांग्रेसका रमेश लेखक र माओवादीका रामनारायण बिडारीले गरेका हुन् ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि पनि प्रधानमन्त्रीले राजीनामा नदिएपछि भावी सत्तासाझेदार दलले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
प्रधानमन्त्रीले यसअघि नै संसदको सामना गर्ने घोषणा गरिसकेका छन् ।
यसैबीच बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक अन्योलमा परेको छ । बजेटसँग सम्बन्धित तीन पूरक विधेयक के गर्ने भन्ने छलफल टुंगोमा नपुगेपछि संसद बैठक अन्योलमा परेको हो । कान्तिपुरमा समाचार छ ।