सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगैको घटनाक्रमका विषयमा कांग्रेस र माओवादी केन्द्र छलफलमा

सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै विकसित भएको राजनीतिक घटनाक्रमका विषयमा कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त छलफल गर्ने भएका छन्।
 
नयाँ सरकार गठनका लागि प्रधानमन्त्री केपी ओलीले संवैधानिक आधार खोजेपछि संवैधानिक विषयमा समान धारणा तय गर्न कांग्रेस र  माओवादी केन्द्रले संयुक्तरुपमा कानुन व्यवसायीसँग परामर्श गर्न लागेका हुन्।
 
कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ११ बजे हुने छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कानुन व्यवसायीसँग संयुक्त परामर्श लिने भएका हुन्।