सहमतिका साथ अघि बढे राजिनामा दिन तयार छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसदमा अविश्वासको प्रस्तावको सामना
गर्ने बताएका छन्।

समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले वालुवाटारमा बोलाएका थिए।

छलफलमा प्रधानमन्त्री ओलीले आफू अविश्वासको प्रस्तावको सामना गर्न तयार रहेको
जानकारी देउवा र प्रचण्डलाई दिएका छन्।

यसैबीच बैठकमा उनले सभामुखको भूमिकाप्रति पनि आंशका उब्जिएको बताएका छन्।

नयाँ सरकार गठनबारे कानुन विदहरुले प्रचण्ड र देउवालाई  एकथरी र प्रधानमन्त्री ओलीलाई
अर्कोथरी सल्लाह दिएपछि नयाँ संविधानमा संक्रमणकालीन सरकारबारे देखिएको
अस्पष्टतामाथि तीन नेताबीच छलफल भएको हो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवा र
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन आग्रह
गरेका छन्।

कांग्रेस सभापति देउवाले भने प्रधानमन्त्रीले पहिले राजीनामा गरेर बाटो सहज
गर्न भनेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले सहमतिका साथ अघि बढे राजीनामा गर्न
तयार रहेको बताउँदै अविश्वासको प्रस्तावले द्वन्द्व निम्त्याउने हुँदा सबै सचेत
बन्न आग्रह गरेका थिए।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई राजीनामा गरेर
बाटो सहज गराउन आग्रह गरेको बताए।

सेतोपाटिमा खंबर छ