‌ संसद विधिले चलाउने कि बहुमतले: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत पुग्दैमा जे पनि गर्न नपाउने भन्दै सभामुख ओनसरी घर्तीप्रति असन्तुष्टि राखेका छन्  बजेटसम्बन्धी विधेयक रोकेर अविश्वासको प्रस्तावलाई कार्यसूचीमा अगाडि बढाएपछि असन्तुष्ट प्रधानमन्त्रीले बिहीबार बिहान सभामुखले डाकेको बैठकमा विधि नमिच्न आग्रह गरे

संसद विधिले चलाउने कि बहुमतले ?, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, बहुमतले चलाउने हो भने जे गरे पनि भइहाल्यो नि, किन सोध्दै हिंड्नुपर्यो ?

प्रधानमन्त्रीले आफू संसदीय मूल्य मान्यताविपरीत नभएको भन्दै विगतका अभ्यासअनुसार कारबाही अगाडि बढाउन सभामुखलाई आग्रह गरे यस्ता विषयमा कम्तिमा जानेबुझेकालाई पनि सोध्नुपर्छ अघि बढ्नुपर्छ, उनको भनाइ थियो

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहालले अविश्वासको प्रस्तावको कार्यसूची अब तलमाथि गर्न नमिल्ने बताए

बैठकमा शीर्ष नेताहरुबाहेक पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, उपसभामुख गंगाप्रसाद यादव, माओवादी नेताद्वय नारायणकाजी श्रेष्ठ रामबहादुर थापा पनि उपस्थित थिए

यसैबीच एमालेले संसद अबरोधका लागि बाध्य बनाउन खोजिएको आशंका गरेको नेताहरुले बताएका छन्

एक नेताका अनुसार एमालेले सत्तापक्षले नै संसद अवरोध गरेको प्रचारवाजी गराउन सभामुखले जबरजस्ती अविश्वासको प्रस्ताव अगाडि बढाउन तयारी गरेको बताए