अविश्वासको प्रस्तावमाथि छलफल गर्न सत्तारूढ दलको सर्त

सत्तारुढ दलहरुले बजेटसँग सम्बन्धित विधेयकहरुलाई संसद् बैठकको पहिलो एजेण्डामा राखिए मात्र अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिने बताएका छन्।
सत्तारुढ दलहरूको बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेटसँग सम्बन्धित विधेयकहरु यसअघि नै कार्यसूचीमा परिसकेकाले अविश्वासको प्रस्तावभन्दा अगाडि विधेयकहरुलाई नै राखिनुपर्ने र त्यो भए मात्र अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिने निर्णय गरेको हो।
बैठकले अविश्वासको प्रस्ताव दर्ता हुनु पहिले नै कार्यसूचीमा रहेका विधेयकहरुलाई कार्यसूचीमा नै नराखि बलमिच्याईं गरेर संसद् चलाउन खोजे संविधान अनुसारको कदम चाल्ने निर्णय गरेको एमालेको प्रमुख सचेचक भानुभक्त ढकालले जानकारी दिए।
बैठकमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदारले भने संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमति आवश्यक रहेको भन्दै मुठभेडको दिशामा जान नहुने धारणा राखेका थिए। सेतोपाटीमा समाचार छ ।