संसदमा पहिले बजेट सम्बन्धि विधेयकमा मतदान हुने र त्यसपछि अविश्वासको प्रस्ताव पेश गर्ने

आज भएको
तीन दलको शीर्ष नेताहरूको बैठकले संसदमा पहिले बजेट सम्बन्धि विधेयकमा मतदान हुने
र त्यसपछि अविश्वासको प्रस्ताव पेश गर्ने सहमति गरेको हो।

कांग्रेस
नेता विमलेन्द्र निधिका अनुसार
  बजेटसम्बन्धि
विधेयक संसदमा पेश भएपछि त्यसमा ध्वनीमत मार्फत् निर्णय गर्ने सहमति भएको छ।

उनका
अनुसार कांग्रेस र एमाओवादीले यी विधेयकको विपक्षमा मतदान गरी असफल बनाउने छन्।
त्यसपछि पनि संसदको बैठक निरन्तर जारी रहने छ। प्रधानमन्त्री केपी शर्मा ओली
विरुद्धको अविश्वासको प्रस्ताव पनि आजै पेश हुने छ।
 सेतोपाटिमा
खबर छ