राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा जारी गरेको बाधा अड्काउ फुकाउ आदेश मंगलबार व्यवस्थापिका संसदले बहुमतले पारित गरेको छ ।
राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा जारी गरेको बाधा अड्काउ
फुकाउ आदेश सभामुख औनसरी घर्तीमगरले व्यवस्थापिका संसदमा प्रस्ताव गरेकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राजिनामा दिएसँगै नयाँ सरकार गठनका
लागि मार्ग प्रशस्त गर्न ओलीले राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ आदेश जारी गर्न
सिफारिस गरेका थिए ।
संसदको पहिलो बैठकको विशेष समयमा बोल्दै सांसदहरुले देशका विभिन्न भागमा आएको
बाढी पहिरोका कारण कष्टकर समय गुजारी रहेका मानिसहरुका लागि राहतको कार्यक्रम
तत्काल ल्याउन सरकारलाई आग्रह गरेका छ । यस्तै सांसदहरुले विपद् व्यवस्थापनका लागि
यथेष्ठ तयारी नगरेकोमा पनि सरकारको आलोचना समेत गरेका थिए ।



